सिरहा,२३ कार्तिक। नेपाली काँग्रेसको तर्फबाट सिरहा क्षेत्र नं.३ प्रदेशसभा (१) मा सदस्य पदको उम्मेदवार रामसगुन यादव र (२) मा संजय प्रकाश यादव रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा.चन्द्रमोहन यादवले बताए । सिरहा क्षेत्र नं.३ (२) को सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सिरहा क्षेत्र नं.३ को दुईवटै प्रदेश सदस्य पदका उम्मेदवार काँग्रेसकै रहेको बताए ।
यो वा त्योको हल्लामा नलाग्न र पार्टीको निर्णयलाई मान्न सबैलाई उनले आग्रह गरे। ‘पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्ने हुन्छ । त्यो मेरो आग्रह पनि छ । प्रदेशसभा सदस्यका लागि संजयप्रकाश र रामसगुनलाई मतदान गर्न आग्रह गर्दछु,’उनले भने,‘प्रतिनिधिसभा सदस्यका लागि पार्टीले गठबन्धन गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई मतदान गर्न सबैमा अनुरोध समेत छ ।’ नेपाली काँग्रेसको पूर्वकोषाध्यक्ष सितादेवी यादव एक निर्भिक नेता रहेको भन्दै उनले प्रसंशा समेत गरे । प्रदेशसभा सदस्य पदका लागि संजय प्रकाश यादव र रामसगुन यादव तथा प्रतिनिधिसभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार विश्वनाथ साहलाई जिताउने गरी विभिन्न वडा तथा टोल टोलमा परिचालित हुन उनले सबैसँग आग्रह गरे।
उनका अनुसार रामसगुन र संजयको रुख छाप र विश्वनाथको गोलाभित्र हसिया हथौडामा सबैले मतदान गर्नुपर्ने हुन्छ । परिवारवाद र एकलौटी प्रथालाई अन्त्य गर्न संजयप्रकाश यादवलाई जिताउनुपर्ने नेपाली काँग्रेसका नेता डा.सुभाषचन्द्र यादवले बताए । ‘एउटै व्यक्ति र एकै परिवारबाट सधै चुनाव जित्नु पर्दैन ।
राजनीतिक रुपमा पछि परेका र जनताको हितमा काम गर्ने सोच राखेका व्यक्ति पनि चुनाव जित्नुपर्छ,’उनले भने,‘जनहित र परिवारवादलाई अन्त्य गर्दै सर्वपक्षीय सोच तथा साझा विकासको नीतिलाई बुलन्द गर्न संजय प्रकाशको उम्मेदवारी परेको छ ।’ जगतको निर्वाचनमा जित हासिल गरेका उम्मेदवारले क्षेत्रको विकास भन्दा आफ्ना आफन्तलाई मात्र विकास गरेको उनको आरोप छ । विभिन्न योजनाको नाउँमा प्रदेश तथा अन्य निकायबाट बजेट ल्याएर केही खास व्यक्ति र कार्यकर्ता पालन गर्ने वाहेक खासै काम नगरेको उनले प्रष्ट पारे । आफ्नैलाई विभिन्न चरणको अवसर बाँडेको उनको भनाई छ।
जनहितलाई बिचारै नगरी आफ्ना आफन्तलाई मात्र हेर्ने र विकास नगरी भ्रष्टाचार गर्नेहरुको पहिचान गरी आसन्न निर्वाचनमा सबक सिकाउने बेला आएको उनले सबैसँग आग्रह गरे । उनका अनुसार जनताको हितमा काम गर्ने इमान्दार नेताको रुपमा पहिचान बनाएका संजयप्रकाश यादवलाई पार्टीले टिकट दिएकोले उनलाई जिताउन सबैले मतदान गर्नुपर्ने हुन्छ ।
पार्टीको नीति तथा बिधान अनुरुप वडा, नगर र क्षेत्रबाट सिफारिस भएर पार्टीले टिकट दिएको संजय प्रकाश यादवले बताए । ‘तपाईहरुले सिफारिस गर्दा मैले टिकट पाए । यस सन्दर्भमा चुनाव सबै नेता तथा कार्यकर्ताले लडेका छन्।
एकल चुनाव होइन सबैको साझा हो,’उनले भने,‘सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर चुनाव जिताउनुस म सबैको हितमा काम गर्नेछु ।’ काँग्रेस नेता धनेश्वर यादवको अध्यक्षतामा भएको सम्पर्क कार्यालय उद्घाटन समारोहमा काँग्रेस नेता तथा प्रदेशसभा सदस्य नरेश यादव लगायतले आसन्न निर्वाचन, पार्टीको नीति तथा वर्तमान चुनावी अवस्थामाबारे आफ्ना मन्त्वय राखे । कार्यक्रममा सिरहा क्षेत्र