सिरहा, २३ कात्तिक। नेकपा एमाले परित्यागरी एकसयभन्दा बढी नेता कार्यकर्ता नेकप (एकृत समाजवादी) पार्टी प्रवेश गरेकाछन्। सिरहाको गोलबजार नपा १ मा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा गोलबजार नपा १ का नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार समेत रहेका भेषराज ठकुरी, मदन लामा सहित १५५ जना एकीकृत समावादी पाटीप्रवेश गरेको हो।
उनीहरुलाई नेकपा एसका जिल्ला अध्यक्ष तथा मधेश प्रदेशका कानुन मन्त्री प्रमोद यादवले खादा, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन्। उनले प्रवेश गरेका सवैलाई स्वागत गर्दै पार्टीले सवैको उचित मूल्याङ्कन गर्ने जनाए।
नेकपा एस प्रवेश गरेकाहरुले एकलौटीढङ्गले चलाउने पार्टी तथा प्रतिगामीहरुको साथमा वस्न नसक्ने भएपछि आफूहरुले नयाँ बाटो रोजेको जनाए।