सिरहा, २३ कात्तिक। आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधीशभा निर्वचनको क्रममा दल तथा उम्मेदवरहरुले प्रचारप्रशारमा व्यापक आचारसंहिता उलङ्घन हुँदा पनि सम्वन्धित निकाय मुकदर्शक बनेको सिरहा विकास बञ्चका अध्यक्ष रामरिझन यादवले बताएको छ। दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिताविपरित पर्चा, पोष्टर, फ्लेक्स प्रिन्ट र सवारीसाधानमा डिजे साउण्ड राखेर प्रचार प्रशार गिरिहँदा पनि निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृत मुकदर्शक बनेको पत्रकार तथा लेखक समेत रहेका यादवले सिरहा सदरमुकाममा पत्रकार सम्मेलनगरी बताएको हो।

उनले सदरमुकाम, जिल्लाका मुख्य बजार तथा गाउँ गाउँमा उम्मेद्वार तथा दलहरुले आचारसंहिताको धज्जी उडाउँदा पनि जिम्मेबार निकाय मौन रहेकोमा दुःख व्यक्त गरे। उनले भने, ‘अहिलेको निर्वाचनमा जुनखालको प्रवृति देखिएको छ, त्यसलाई समयमै रोक्न नसक्ने हो भने यसले गुण्डा राज निम्त्याउँछ।’

यादवले प्रचार गर्ने शैलि, अत्यधिक गाडीको प्रयोग, अनियन्त्रिक पैसाखर्च जस्ता आचारसंहिचाको उलङ्घनगर्नुले ‘प्रजातन्त्रका संरक्षक दलहरु तथा केही स्वतन्त्र उम्मेदवारले आफ्नो खुट्टामा आफैले बञ्चरो हानी रहेका छन्।,

सिरहा क्षेत्र नम्वर २ बाट प्रतिधीसमा उम्मेदवारी समेत दिएका यादले मूख्य निर्वाचन अधिकृतकै अगाडी यस्ता घटनाहरु भईरहनु र उहाँले जागिरे प्रवृति देखाउनु उचित नभएको पनि आरोप लगाए। उनले भने, ‘अव समाज सचेत भईसकेको छ, निर्वाचन आधार संहिताको दल तथा उम्मेदवारहरुले धज्जी उडाएको छ, यसलाई नियन्त्रण गर्नुस्; र, जागिरे शैलिभन्दा माथि उठठ्नुस्।’

उनले निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र स्थानीय प्रशासनसँग निर्वाचन आचारसंहिता कडाईकासाथ पालना गराउन जोडदार माँग गरेका छन्।ab mall