सिरहा, २३ कात्तिक। आगामी मंसिर ४ गते हुनगईरहेको प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा सिरहा क्षेत्र नम्वर ३ मा सत्ता गठन्धन र नेकपा एमाले, जसपा गठबन्धनको कडा प्रतिस्पधा हुने भएको छ। प्रतिनिधि सभामा बाम–लोकतान्त्रिक गठवन्धनका तर्फबाट नेकपा माओवादीका स्थायीसमिति सदस्य विश्वनाथ साह र नेकपा एमाले–जसपा गठवन्धनका तर्फबाट नेकपा एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठ बिच हुने कडा प्रतिस्पर्धा हुने देखिएको हो।

ab-mall 1

यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडी रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्री समेत रहेका श्रेष्ठले बताउँदै आएको छ।

यता पाँचदलिय बाम–लोकतान्त्रिक गठवन्धनका उम्मेदवार साह नेकपा (माओवादी केन्)द्र), नेपाली काँग्रस र एकीकृत समाजवादीको मतान्तर धेरैनरहेको र जसपा गठबन्धनमा देखिएको असन्तुष्टले आफ्नो जितलाई सुनिश्चित वनाएको बताउँछन्।

नेकपा एमाले जसपा गठवन्धनले उत्तर दक्षिणको उम्मेदवार मिलाउन नसकेको र आफ्नै पार्टीभित्र असन्तुष्टि चुलिएकाले स्थानीय तहकोमतलाई आधार मान्न सकिने अवस्था नरहेको जानकारहरु बताउँछन्। एमाले–जसपा गठवन्धनले सिरहा ३ प्रदेश ‘ख’ उम्मेदवार सिरहा पालिकाभित्रको उम्मेदवार दिन नसकेकोले पनि पार्टीभित्र असन्तुष्टि छ। यो गठवन्धनमा प्रतिनिधी र प्रदेशसभा दुवै उम्मेदवार सिरहा ३ प्रदेश ‘ख’ भन्दा वाहिरका रहेका छन्।

सिरहाको निर्वाचन क्षेत्र नम्वर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ बटा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ।

गत स्थानीय तहलाई आधारमान्दा सत्ता गठवन्धनका वडा अध्यक्षहरुले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए। जसमध्येय नेकपा माओवादी केन्द्रले नौं हजार ५७१, नपाली काँग्रेसले १८ हजार १६, नेकपा एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७ प्राप्त गरेको थियो।

एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खेको थियो। जसमध्येय नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो।

दुवै गठवन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फाराकिलो देखिन्न। बाम लोकतान्त्रिक गठवन्धनभन्दा एमाले जसपा गठवन्धन ७७६ मतले अगाडी देखिन्छ।

स्थानीय तहको मतको आधारमा श्रेष्ठ बलियो देखे पनि पार्टीभित्रको असन्तुटी, बागि उम्मेद्वारी, यहि क्षेत्रबाट २०७४ को निर्वाचनमा निर्वाचित भएकाले ‘एन्टी’ मत अर्को उम्मेद्वारलाई पर्नसक्ने सम्भावना पनि उत्तिकै रहेको अनुमान छ।
दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र सिराहाका नगरप्रमुख नवीन कुमार यादवको भाई प्रवीण कुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपीएको छ।

स्थानीय तहको मत परिणामका आधारमा दुवै उम्मेदवार उत्तिकै बलियो भएकाले अहिले नै कुनै एक उम्मेदवारले जित्ने अडकलबाजी गर्न हतार हुने बुद्धिजीविहरुको मत छ।

सिराहा ३ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसको तर्फबाट रामसगुन यादवले उम्मेदवारी दिएका छन्। मनोनयनकै दिन जसपाबाट पार्टी प्रवेश गराएर मनोज सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ। यस प्रदेशमा पनि यादव र महतो विच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रदेशसभका लागि ३ को ‘क’ बाट नेपाली काँग्रेस, नेकपा एमाले, जनमत सहित ५ पार्टीका र ११ स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश ३ को ‘ख’ बाट सता गठबन्धनका प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्। उनी प्रदेश कानुन मन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत हुन्। एमाले–जसपा गठबन्धनका रेणु कुमारी यादको उम्मेदवारी परेको छ। यहाँ गोपाल प्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नविन यादबका भाई प्रविन यादबले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँभने स्वतन्त्र उम्मेदवारको प्रभावपनि उत्तिकै देखिएको छ।

२०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठवन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए। यस क्षेत्रमा ७ पार्टीका र १४ स्वतन्त्र सहित २१ जनाको प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारी परेको छ।

yamaha bg 1