बाराबाट २५ किलो गाजा सहित एक जना पक्राउ, दुईजना फरार

    • कार्तिक २१, २०७९
    • 147 पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, २१ कात्तिक। बारा प्रहरीले प्रतिवन्धित लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले निजगढ नगरपालिका १२ बारथलीका ५८ वर्षीय प्रेमबहादुर लोलाई २५ किलो लागु औषध गाजा सहित पक्राउ गरिएको हो।

    ab-mall 1

    आइतबार राति इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीलाई देख्ने वित्तिकै उनी सहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए।

    २ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी डीएसपी राजेश थापाले जानकारी दिए।

    प्रेम विरुद्ध लागु औषध मुद्धामा बारा जिल्ला अदालतबाट म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ।

    yamaha bg 1

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल