सिरहा, २० कात्तिक। सिरहाको गोलबजार नगरपालिकामा कार्यरत एक कर्मचारी कर्मचारी नीयमकै खिल्लिा उडाउँदै सार्वजनिक मञ्चबाटै पार्टी प्रवेश गरेको छ। नगरपालिकाको ग्रेडर ड्राइभरको रुपमा कार्यरत गोलबजार नपा ४ निपनियाँ घर भएका झगडु महरा आज गाउमै भएको पार्टी प्रवेश कार्यक्रमबाट नेकपा एमाले पार्टी प्रवेश गरेका हुन्।

ab-mall 1

चुनावी पहलकैविच भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठले उनलाई अविरमाला लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवशे कार्यक्रममा झगडु महरा सहित १८० जना पार्टी प्रवेश गरेको नेकपा एमालेका कार्यकता सतिशचन्द्र सिंहले आफ्नो फेसबुकमा पोष्ट गरेको छ।

यस सम्भवन्धमा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन।

प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौडेलसँग बुझ्दा उनले झगडु नगरपाकिलाको कर्मचारी रहेको बताए। उनले कर्मचारी ऐन विपरित कुनै कर्मचारी पार्टी प्रवेश गरेको उजुरी परे कार्वाही गर्ने बताए। उनले भने, ‘कुनैपनि कर्मचारी त्यसरी सार्वजनिक रुपमै पार्टी प्रवेश गर्न मिल्दैन। कोही पार्टी प्रवेश गरेको भए उजुरी परे कानुन बमोजिम कार्वाही हुन्छ।’

yamaha bg 1