सिरहा, १८ कात्तिक। व्याजदर एक अङ्कमा झानुपर्नेमाग सहित सिरहाका व्यवसायीहरु आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। बैंक तथा वितिय संस्थाहरुले व्यसायीमाथि मनपरि व्याज र विभिन्न शुल्क लिएको भन्दै जिल्ला उद्योग वाणिज्य संघ, सिरहा लहानको अगुवाईमा आज गोलबजारमा ७ बुदे माँग सहित पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन्।

333 (2)

व्यसायीहरुले वैंक तथा वितियसंस्थाहरुले मनपरी ढङ्गले व्याज, सेवा शुल्क, कमिन्टमेन्ट चार्जजस्ता विभिन्न शुल्क लिएर व्यसायीको ढाड सेक्ने गरेको बताए। विगत ६ महिना यतामात्रै ब्याजदर दोब्बर वृद्धि गरेर आफूहरू मारमा परेकाले सरकारको विरुद्धमा सडक आन्दोलन सुरु गर्न बाध्य भएको संघका जिल्ला अध्यक्ष विकास सारडाले बताए। उनले उद्योगी, व्यवसायीलाई मारमा पार्ने काम बैंक तथा वित्तीय संस्थाहरूले गरेर व्यसायीहरु व्यपार गर्नै नसक्ने अवस्थामा पुगेको बताए।
उनले ९ प्रतिशत वार्षिक व्याजदरमा लिएको ऋण १६ देखि १८ सम्म पुगेको छ’ यस्तो अवस्थामा कसरी व्यवसाय गर्न सकिन्छ ? भन्दै प्रतिप्रश्न गरे।

व्यसायीहरुले बैंकले आर्थिक मन्दी, तरलता जस्ता विषय देखाएर व्यसायीलाई समयमा ऋण नदिने, व्याज मनपरीढङ्गले बढाउने गरेको आरोप लगाएको छ। जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोक अमात्यले भने, ‘बैंकहरु यस्तो अवस्थामा पनि गुणात्मक रुपमा नाफा कमाई रहेको छ’ विभिन्न बाहानामा व्यवसयीमाथी व्याजको भार बढाएर नियमाक निमायहरु बैंकलाई नै बलियो बनाउने र व्यवसायी मार्ने खेलमा लागेका छन्।’
अर्का व्यसायी तथा गोलबजार उद्योग व्यापार संघका अध्यक्ष भरत अग्रबालले राज्य नीति नै बनाएर बैंकलाई पोस्ने र व्यसायी मार्ने योजनामा लागेको बताए। उनले भने, ‘पहिला नै व्यसायीसँग तीन वर्षको योजना लिने, व्याजदर निर्धारण गर्ने र ऋण लिएपछि मनपरि तरिकाले व्याज बढाएर व्यामारिमारा कार्य गर्ने गरेको छ’ सरकारले तत्काल यो प्रकृया रोक्नु पर्छ।’

बैंकहरुले राष्ट्र बैंकले बनाएका नीति निर्देशन अनुकुल भए तत्काल लागु गर्ने र आफ्नो अनुकुल नभए वेवास्ता गर्ने गरेको उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका कार्यकारी सदस्य दिपक नायकले बताए। उनले भने, ‘राष्ट्रबैंकले व्याज बढाउनुपर्ने नीति लिए तत्काल बढाउँछ, तर त्यहि अनधिकृतरुपले लिएको सेवाशुल्क फिर्तागर्न दिएको निर्देशनको टेरपुछर लाउँदैन।’

आफैले जारी गरेको नीति निर्देशन सम्वन्धित निकायले पालना नगर्दा राष्ट्र बैंक टुलुटुलु हेरेर बसेको छ। यसले राज्य नै नीतिगत भ्रष्टाचारमा संलग्न भएको प्रष्ट देखिन्छ।

व्यसायीहरुले एक अंकको व्याजदर कायम गर्नुपर्ने, व्याज बाहेकका कुनैपनि प्रकारको शुल्क लिन नपाउने, सम्झौताभन्दा बढी लिएका सेवाशुल्क तत्काल फिर्ता गर्नु पर्ने, लिलामि प्रकृया तत्काल स्थगित गर्नुपर्ने, कर्जा नविकरण म्याद कम्तीमा ३ वर्षको हुनुपर्ने, नेपाल राष्ट्र बैंकले २०७९ मंसिर १ बाट लागुगर्न लागेको ‘चालुपूजी कर्जा’ सम्वन्धि मार्ग दर्शन २०७९ तत्काल खारेज गर्नुपर्ने र बैकहरुले व्याज दर परिवर्तन गर्दा मोवाईल एसएमएसबाट ग्राहले जानकारी पाउनुपर्ने माँग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

व्यसायीहरुले १९ गते बैंकर्स एशोशिएसनसँग विहान १० बजे लहानमा छलफल गर्ने, २० गते जिल्लाभरीका व्यायीक प्रतिष्ठा विहान १० देखि १२ बजेसम्म बन्द गरी विरोधर्याली र कोणसभा गर्ने, २१ गते सवै बैंकहरुमा विहान १० बजेदेखि १ घण्टा प्लेकार्ड सहित धर्ना बस्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।

२३ गतेभित्र आफ्ना माँगहरु सम्वोधन नभए थप सशक्त आन्दोलनको घोषणा गर्ने व्यसायीहरुले बताएको छ। पत्रकार सम्मेलनमा सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष अमरथा साह, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका सचिव भरत महासेठ, सुखिपुर उद्योग वाणिज्य संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी र धनगढीमाई उद्योग व्यापार समितिका अध्यक्ष सरोज कुमार महतोको उपस्थिति रहेको थियो।

ab mall