• सूर्य वि.क.

वीरगञ्ज, १६ कार्तिक। पछिल्लो पटक २०७९ मा भएको स्थानीय तहको निर्वाचनको नतिजाले पर्साको क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) कै पक्कड बलियो देखाएको छ।

ab-mall 1

वीरगञ्ज महानगरपालिकाको १९ वटा वडा समेटिएको यो क्षेत्रमा ८ वटा वडा जसपाले जितेको छ। ६ वटा एमाले, ४ वटा कांग्रेस र एउटा वडामा मात्रै लोकतान्त्रिक समाजवादी पार्टीले जिते हाँसिल गरेको छ।

यो हिसाबले पनि जसपा एमाले गठबन्धनको जोड्दा १४ वटा वडा पुग्छ भने सत्तारुढ गठबन्धन कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीको ५ वटा मात्रै पुग्छ।

वडा अध्यक्षहरुले पाएको कुल मत जोड्दा पनि जसपा एमाले गठबन्धन नै भारी देखिन्छ । जसपा एमालेका वडा अध्यक्षहरुले यस क्षेत्रका वडाहरुमा पाएको मत जोड्दा ३२ हजार देखिन्छ भने कांग्रेस र लोसपा, माओवादी केन्द्र र नेकपा एसको जोड्दा पनि २० हजार पुग्न मुस्किल छ।

यो त भयो गएका निर्वाचनहरुमा पाएको मत परिणामको प्राविधिक पक्ष । अहिलेका मतदाता पार्टी भन्दा उम्मेदवार हेरेर मत दिने बढेका छन् । विगतमा पार्टीकै पक्षमा मतदान गर्नेहरु अब भने उम्मेदवारको योग्यता र क्षमता हेरेर मत दिन थालेको तथ्य स्थानीय तहको निर्वाचनमा आएको परिणामले संकेत गरिसकेको छ । त्यसमाथि क्षेत्र नम्बर १ का मतदाता चलायमान रहँदै आएको विगतको परिणाम सर्वविदितै छ।

अंकगणितीय हिसाबमा जसपा–एमाले गठबन्धनका उम्मेदवार प्रदीप यादव फराकिलो अन्तरका साथ अघि देखिँदा सत्तारुढ गठबन्धनतर्फ लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेद्वार लक्ष्मणलाल कर्ण भने उनी भन्दा निक्कै पछि देखिन्छन् यस अघि पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका उनी सिट बाँडफाँडमा क्षेत्र नम्वर १ लोसपाको भागमा परेपछि अहिले १ को उम्मेदवार बन्न आइपुगेका हुन् । अहिलेको लडाई प्रतिगमन विरुद्धको लडाई भएकाले संविधान र संघीयता रक्षाका लागि पनि मतदाताले आफूलाई नै विजयी बनाउने उनको विश्वास छ।


२०७४ को अवस्था
२०७४ को निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार रहेका यादव निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार अनिल रुंगटालाई ४ हजार ६ सय ५१ मतले पराजित गर्दै पहिलो पटक संसद् भवनको यात्रा तय गरेका थिए । यादवले २१ हजार १ सय ३२ मत ल्याउँदा रुङ्गटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए भने एमालेका विचारी यादव ५ हजार ४ सय ८८ मत मै समेटिन पुगेका थिए् ।

२०७० को दोस्रो संविधानसभाका लागि भएको निर्वाचनमा एमालेका उम्मेदवार विचारी यादवसँग भोगेको पराजयको परिणाम २०७४ को निर्वाचनमा प्रदीप यादवले उल्ट्याउँदै संसद् भवन छिरेका थिए । विचारी भने त्यो निर्वाचनमा तेस्रो स्थानमा पुगेका थिए ।

फेरिएको परिवेश
तर अहिले अवस्था र परिस्थती दुवै बदलिएको छ । त्यतिबेलाका प्रतिस्पर्धी अहिले एकै ठाउँमा छन् । तर प्रदीप प्रतिनिधिसभा सदस्य उम्मेदवार हुँदा विचारी प्रदेशसभा सदस्यको उम्मेद्वार बनेर एकअर्कालाई सघाइरहेका छन्, सँगै घरदैलो गरिरहेका छन् । अनिल रुङटा भने चुनावी दौडबाट बाहिरिँदै समानुपातिक तर्फ पुगेका छन्।

अन्तिम समयमा पार्टीबाट टिकट नपाएपछि वर्षौ नेपाली कांग्रेसको राजनीतिमा सक्रिय पार्टीका पूर्व जिल्ला सभापति अजय द्विवेदी बागी उम्मेदवारको रुपमा मतदाता माझ पुगिरहेका छन् । सत्तारुढ गठबन्धनलाई चुनौति दिँदै बागी उठेका द्विवेदी त्यही भित्रबाट मत तान्ने कसरतमा छन् । गठबन्धनमा रहेको कांग्रेसका जिम्मेवार नेताहरु नै द्विवेदीको पक्षमा मत माग्दै हिँड्नुले कर्णलाई घात हुने निश्चित देखिन्छ । द्विवेदीको मत माग्दै यहाँका काँग्रेस महाधिवेशन प्रतिनिधि, पार्टीबाट स्थानीय तहमा जितेका कार्यपालिका सदस्यहरु नै हिँडिरहेका छन्।

त्रिपक्षिय प्रतिस्पर्धा
जसपा एमाले गठबन्धनमा पनि अन्तर्घात हुने यदकदा सुनिने गरेको छ । दुबै गठबन्धनका असन्तुष्ट र अन्य मतदाताको मन जित्ने ध्याउन्नमा बागी उम्मेदवार द्विवेदी लागेको देखिन्छ । त्यसैले यस पटकको चुनाव निकै रोचक देखिन्छ ।

यस क्षेत्रमा प्रतिनिधीसभा सदस्यका लागि पार्टीगत र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी परेको छ । उमेदवारी २१ जनाको परेपनि प्रतिस्पर्धा भने त्रिपक्षीय हुने निश्चित छ । पूर्व वन तथा वातावरण मन्त्री प्रदीप यादवको क्षेत्र रहेकाले पनि यहाँको चुनावी माहोलको चौतर्फी चर्चा चलीरहेको छ । कतिपयले निवर्तमान सांसद् यादवले पुनः नतिजा दोहो¥याउन सक्ने अड्कल गरिरहेका छन् भने कतिपयले यो क्षेत्रले अहिलेसम्म दोहो¥याएर कसैलाई नजिताएको भन्दै इतिहासले निरन्तरता पाउने अनुमान लगाइरहेका छन्।

आउँदो मंसिर ४ गते हुने मतदानले निवर्तमान सांसद् यादवलाई नै अनुमोदन गरेर नयाँ इतिहास बनाउँछन कि क्षेत्र नम्वर १ को पुरानो इतिहासलाई निरन्तरता दिन्छन् त्यो भने मंसिर ४ को निर्वाचनको नतिजाले बताउनेछ ।

yamaha bg 1