छठको मूख्य दिन आज अस्थाउँदो सूर्यलाई अर्घ दिएर मनाए

    • कार्तिक १३, २०७९
    • ४८६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १३ कात्तिक। छठ पर्वको तेस्रो तथा मूखय दिन ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर मनाएका छन्। विभिनन ध्वजा पताकाहरुले सिङ्गारीएका पायकपर्ने पोखरी, नदी किनार तथा जलाशयमा ब्रतालुहरु पुगेर अस्थाउँदै गरेको सूर्यलाई पर्वका लागि तयार पारिएका पकवानहरु ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरुको अघ्र्य दिएको छ।

    chhaith 1

    अहिले सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु दुलहीझै सिंगारीएका छन्। चार दिन सम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो तथा मुख्य दिन (षष्ठी) हो। आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्यदिई रातभर छठ घाटमै जागराम वस्ने गर्दछ। छठघाटमा विभिन्न गीत संगीत, कथा कहानी सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन्। भोली सोमबार सप्तमीको विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सम्पन्न हुन्छ।

    CHHATH 3

    सुरुसुरुमा तराईमामात्र मनाईने छठ पछिल्ला दिनहरुमा देशैभरी मनाउनाउने गरेपनि मधेशमा विशेष रुपमा मनाउने गर्दछ। आज वेलुका छठघाटहरुमा रङ्गिविङ्गी कपडा लगाएर भक्तजन आउनेहरु, बाजागाजाको धुन, झिलिमिली बत्तिले झकिझकाउ भएको छ।

    छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान–पिसान गरी त्यसबाट तयार पारिको ठेकुवा, भुसवालगायत विभिन्न परिकार बनाउने गरिन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पुरूकिया तथा मूला गाजर, बेसारका बोट, उखु, ज्यामिर, नरिवल, सुन्तला, केरा सहित उपलब्ध फलफल चडाउने गरिन्छ। बसबाट वनेको नाङ्गलो, कोनिया, बाटाका सरबा, ढाकना, माटोको हात्ती बाँसले बनेको ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवम् लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन्।

    छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि चोख्याएर बत्तीबालेर राख्ने गरिन्छ। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्।

    यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार, सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्रीमा पालोपालो गरी अस्ताउदो र उदाँदो सूर्यलाई अर्पण गरेपछि छठ पूजा सम्पन्न हुने गर्दछ।

    निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र आरोग्यका लागि यो पर्व मनाउने जनविश्वास रहेको छ। सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ। आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ।

    ab mall

    विश्वमै प्लास्टिक प् ...

      काठमाडौं, १४ बैशाख। विश्वव्यापी रूपमा वाता ...

    अख्तियारद्वारा एकडार ...

    सिरहा, १४ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महो ...

    जसपाका कार्यकारिणी स ...

      काठमाडौं, १४ बैशाख । जनता समाजवादी पार्टी न ...

    नेपाली सेनामा खुल्यो ...

      काठमाडौं, १४ बैशाख। नेपाली सेनाले विभिन्न प ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल