छठको मूख्य दिन आज अस्थाउँदो सूर्यलाई अर्घ दिदैं, जलासायहरु दुलहिझै सिङ्गारिए 

    • कार्तिक १३, २०७९
    • ३२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

                                                                   फाईल फोटो।

     

    सिरहा, १३ कात्तिक। छठ पर्वको तेस्रो तथा मूखय दिन ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर मनाउँदैछन्। विभिनन ध्वजा पताकाहरुले सिङ्गारीएका पायकपर्ने पोखरी, नदी किनार तथा जलाशयमा ब्रतालुहरु पुगेर अस्थाउँदै गरेको सूर्यलाई पर्वका लागि तयार पारिएका ठेकुवा, केरा, भुसुवा लागायत विभिन्न प्रकारका फलफलूल तथा प्रसादहरुको अघ्र्य दिने गरिन्छ।

    313121697_668159624898014_739478054407637552_n

    अहिले सिरहाका पोखरी, तलाउ, नदी तथा जलासयहरु दुलहीझै सिंगारीएका छन्। चार दिन सम्म ब्रत बसेर मनाइने छठ पर्वको आज तेस्रो मुख्य दिन (षष्ठी) हो। आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्यदिई रातभर छठ घाटमै जागराम वस्ने गर्दछ। छठघाटमा विभिन्न गीत संगीत, कथा कहानी सुनेर, हेरेर भक्तजनहरु रात विताउने गर्छन्। भोली सोमबार सप्तमीको विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ सम्पन्न हुन्छ।

    अहिले वर्तालुहरु पुजासामाग्री तयार पार्ने कार्यमा व्यस्त छ्। पछिल्ला दिनहरुमा देशैभरी छठपर्व मनाउनाउने गरेपनि मधेशमा विशेष रुपमा मनाउने गर्दछ। आज वेलुका छठघाटहरुमा रङ्गिविङ्गी कपडा लगाएर भक्तजन आउनेहरु, बाजागाजाको धुन, झिलिमिली बत्तिले झकिझकाउ भएको देखिनेछ।

    छठ पूजाका लागि गहुँ र चामल ओखल, जाँतो वा ढिकीलाई चोखा नितोगरी कुटान–पिसान गरी त्यसबाट तयार पारिको ठेकुवा, भुसवालगायत विभिन्न परिकार बनाउने गरिन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पुरूकिया तथा मूला गाजर, बेसारका बोट, उखु, ज्यामिर, नरिवल, सुन्तला, केरा सहित उपलब्ध फलफल चडाउने गरिन्छ। बसबाट वनेको नाङ्गलो, कोनिया, बाटाका सरबा, ढाकना, माटोको हात्ती बाँसले बनेको ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्यहरु विभिन्न भक्ति एवम् लोकगीत गाउँदै पोखरी तथा जलाशयसम्म पुग्ने गर्छन्।

    छठका लागि बनाइएका परिकार पोखरी तथा जलासयको किनारमा राख्नु अघि चोख्याएर बत्तीबालेर राख्ने गरिन्छ। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुसार अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि ब्रतालुले सन्ध्याकालिन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्।

    यस क्रममा ब्रतालुले दुबै हत्केलामा पिठार, सिन्दूर, अक्षता र फूल हालेर अन्य अर्घ सामग्रीमा पालोपालो गरी अस्ताउदो र उदाँदो सूर्यलाई अर्पण गरेपछि छठ पूजा सम्पन्न हुने गर्दछ ।

     

    पर्साको भलुवहीयाँमा ...

      क्रान्ति शाह   ...

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल