सुरेश राय

सिरहा, १२ कात्तिक। शिक्षा बिज्ञान तथा प्राविधि राज्य मन्त्री बोधमायाँ यादवले शिक्षाबिना देशमा कुनै बिकास नहुने बताएका छन्। जनता बन्बाली नमुना माध्यमिक विद्यालय (प्राविधिक) धार नरहा बर्छावाले आयोजना गरेको छठ पर्वको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री यादवले शिक्षा विकासको मुलभएकोले यसमा राजनीति गर्न नहुने बताए।

ab-mall 1

उनले विद्यालय व्यवस्थापन समितिमा राजनीति हुने गरेको प्रति दुख व्यक्त गरे। उनले भने, ‘विद्यालयलाई सवैले राजनीतिभन्दा माथि उठेर सोच्नु पर्ने बेला आएको छ। अव हामीकसैले पनि विद्यालय व्यवस्थापन समितिको नाममा विद्यालयमा राजनीति छिराउनु हुँदैन।’

उनले आफूले २०४७ सालमा यहि स्कुलबाट एसएलसी दिएको स्मरण गरे। आज आफ्नै स्कुलमा प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्दा गर्व लागेको र खुशी लागेको मन्त्री यादवले सुनाए।

कार्यक्रमका बिशिष्ठ अतिथि तथा नरहा गाउपालीकाका उपनध्यक्ष गुलाबदेबी चौधरीले प्रत्यक बर्ष शुभकामना आदानप्रदान कार्यक्रमहरु हुन्छ, यो पाचौ बर्ष हो। कार्यक्रममा ठुला ठुला भाषण हुनेगरेपनि कार्यान्वयन नहुने वताए । शिक्षकहरु सामुदायिक बिद्यालयमा कार्यरत हुन्छ तर आफ्नो छोरा छोरी लाइै काठमाडौँमा रहेको ठुला ठुला क्यामपस र स्कुलहरुमा पदाउने गरेको छ।

आफु शिक्षक भएर काम गर्दै आएको सामुदायिक बिद्यालयहरुलाई जरजर बनाउने गरेको उनले बताए। सामुदायिक बिद्यालयको शिक्षामा सुधार ल्याउनु पर्ने विषयमा सवैपक्षले ध्यान दिन आग्रह गरे।

शिक्षामा बिकास नहुनुको कारण अझैपनि शिक्षा ऐन २०२८ लागु भईरहनु रहेको बरिष्ठ पत्रकार तथा समाजसेबी रामरिझन यादबले बताए। उनले जब सम्म सरकारले नयाँ एेन पास गर्दैन तब सम्म शिक्षामा कुनै बिकास नहुने पत्रकार तथा समाजसेबी यादबले बताए। उनले भने, ‘पढेलेखेर लोकसेवा पास गरेर डाक्टर, इन्जिनियरभइर एउटा व्यक्तिले ठाउँ ठाउँमा घर बनाउन सक्छ। तर, त्यो एउटा पेटको लागि मात्र हुन्छ। जब सम्म सचेत हुँदैन तबसम्म त्यो पढईको कुनै पनि महत्त्व हुँदैन।’

जनता वनवालि प्राविधिक माध्यमिक विद्यालय बर्छावाका प्रधानाध्यापक रामेश्वर यादबले विद्यालय ब्यबस्थापनको काममा यहाका सम्पूर्ण शिक्षक तथा बुद्धिजिबिहरुको साथ सहयोग रहयो भने मात्र एउटा नमुनाको रुप बद्यधालय लिन सकिने बताए।

स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रमका सभाध्यक्ष किशोर साह , नरहा गाउपालिकाका १ देखि ५ सम्मका वडा अध्यक्ष ,शिक्षक, बुधद्धजिबि लगायत बिभिन्न संस्थाका कर्मचारीहरुको उपस्तिथी रहेको थियो।

yamaha bg 1