कालीकोटमा बम विस्फोट, बालिकाको मृत्यु, चार जना घाइते

    • कार्तिक १२, २०७९
    • १२९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     
    कालिकोट, १२ कात्तिक। कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो। 
    333 (2)
     
    कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको नेपालखबरलाई जानकारी दिए।
     
    यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए। 
     

    घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए। 

    घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए। 

    प्रजिअ रामहरिले अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको बताए।

    नेपालखवरबाट।

    ab mall

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    छुआछुत विरुद्ध गोलबज ...

    सिरहा, १५ चैत। माँ दुर्गा महिला समुह गोलबजार ५ मगर टोलल ...

    चेत्र १५ बाट सातौं ग ...

    सिरहा, १४ चैत। गोलबजार नगरपालिकाको आयोजनामा सातौं गोलबज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल