जनकपुर, ५ कात्तिक। नागरिक्ता समास्या समाधान गर्न मङ्सिर ४ को निर्वाचन गठवन्धनलाई जिताउनु पर्ने प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले वताएका छन्। शनिबार मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित पाँच दलीय गठबन्धनको प्रदेश स्तरीय भेलामा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धनलाई नजताए वर्षौदेखि रहेको नागरिकता सम्बन्धी समस्या समाधान हुने बताएका हुन्।
उनले भने, ‘‘यो गठबन्धन प्रजातान्त्रिक तथा लोकतान्त्रिक गठबन्धन हो। आमा बुबाको नागरिकता भएका सबै नेपाली नागरिकले निर्वाचनमा गठबन्धनदलको जित भएपछि सहज तरिकाले नागरिकता पाउनु हुन्छ। नागरिकता सम्बन्धी समास्या समाधानका लागि गठबन्धनलाई जिताउनुहोस्।’
प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममार्फत् गठबन्धनमा रहेका सबै दललाई आगामी निर्वाचनमा विजयी बनाउन अपीलसमेत गरे।
भेलालाई सम्बोधन गर्दैै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनले जितेर सरकार बनेमा अहिले अवसर नपाएका नेताहरुले अवसर पाउने बताएको छ। ‘‘अवसर नपाएर कतिपय नेताहरुको चित्त दुखेको होला। तर, चिन्ता नगर्नुस् गठबनधनको जित भए सबैलाई अवसर दिनेछौं; अध्यक्ष दाहालले भने। उनले गठबन्धनका नेता एक ढिक्का भएर अगाडि बढेकाले कुनै मनमुटाव नरहेको दाबीसमेत गरेकको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन पाँच दलीय गठबन्धन भएको जानकारी गराउ। उनले प्रजातन्त्र र संविधानमाथि हमला हुँदा संविधान बचाउन विद्रोह गरेको उल्लेख गरे।
कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादवको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता बिमलेन्द्र निधिलगायत गठबन्धनमा रहेका सबै दलका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।