फोहरको थुप्रोमा लुकाएको अवस्थमा मनी ट्रान्सफरबाट लुटिएको ८९ थान सुनका गहना फेला पर्यो

    • कार्तिक ४, २०७९
    • ३५२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    ताप्लेजुङ, ४ कात्तिक। ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन्। जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा सुक्रबार प्रहरीले सुनको थहना फेला पारेको हो।

    garden

    गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित कञ्चन मनी ट्रान्सफरमा भएको लुटपाटपछि हराइरहेको सुनका गरगहनामध्ये थप ८९ थान सुनका गहना फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

    सुनका गहना फुङलिङ ४ स्थित एक झाडी जङ्गलमा फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईले बताए।

    फेला परेको सुनको परिणाम निकाल्नकार्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यसअघि चार लुटेरा प्रहरीले नियन्त्रणमा लिँदा लुटेराका साथबाट १४३ तोला सुनका गरहगना र नगद छ लाख १३ हजार तीन सय ४० प्रहरीले बरामद गरिएको थियो।

    कञ्चन मनी ट्रान्सर्फर सञ्चालक अम्बरकुमार श्रेष्ठले तीन सय ४८ तोला सुन र नगद ११ लाख ६३ हजार दुई सय ५० लुटपाट भएको जाहेरी प्रहरीलाई दिएका छन्।

    yamaha bg

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सेटिङमा कामै नगरी वड ...

    सिरहा १० साउन। सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको म ...

    सौर्य एयर दुर्घटना: ...

      काठमाडौंं १० साउन। सौर्य एयरलाइन्स विमान दु ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल