वीरगञ्ज, ३ कात्तिक। पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीको दैनिकी चुनावी व्यवस्ततामा बित्ने गरेको छ। मधेश प्रदेशको प्रदेश सभा सदस्यमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका अन्सारीले आफ्नो क्षेत्रका जनताको घरैदैलोमा पुगेर मत अपिल गरीरहेका छन्। नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्षसमेत रहेका अन्सारी यसपटक ५ दलीय गठबन्धनको साथ पाएर जित आफ्नो पक्षमा पार्ने दाउमा छन्।

garden

यसअघि २०७४ सालको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर हुँदै प्रदेश सभा सदस्यमासमेत पराजित भएका अन्सारीलाई गठबन्धनले उम्मेदवार बनाएर चिट्ठा पारिदिएको छ। वीरगञ्ज महानगरपालिकाको मेयरमा उनले ८ हजार ३ सय ५ मत प्राप्त गरेका थिए भने प्रदेश सभा सदस्यमा ६ हजार ७ सय ९४ मत प्राप्त गरेका थिए। ८ हजार ५ सय ९३ मत पाएर तत्कालिन संघिय समाजवादी फोरम नेपालका जन्नत अंसारी निर्वाचित भएका थिए। यसपटक टिकट नपाएपछि जन्नत अन्सारीले बागी उम्मेदवारी दिएका छन्।

अन्सारी निवर्तमान प्रदेशसभा सदस्य भएको हुँदा यस क्षेत्रको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ। उनीसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को गठबन्धनबाट संविधानसभा सदस्य विचारी प्रसाद यादव पनि प्रतिस्पर्धामा छन्। झण्डै १८ वर्षसम्म नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका सुधिर पटेलले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

युवा जमातको मत रहबर र सुधिरमा विभाजित हुने अवस्था देखिन्छ भने मुस्लिम समुदायको मत रहबर र जन्नतमा विभाजित हुनेछ। तसर्थ पर्साको क्षेत्र नम्बर १ (क) मा यसपटक रहबर, विचारी, जन्नत र सुधिरबिच प्रतिस्पर्धा हुनेछ। यि चारजनासँगै यही क्षेत्रबाट १८ जनाले उम्मेदवारी दिएका छन्।

ईमान्दारीताका साथ गठबन्धनको मत पाएमा आफु भारी मतका साथ निर्वाचित हुने रहवरकोे विश्वास छ। पछिल्लो राजनीतिक परिस्थितीलाई नियाल्ने हो भने राजनीतिप्रति बढ्दो युवाको मागका कारण पनि आफुलाई मतदाताले रुचाइरहेको अन्सारीको भनाई छ।

 yamaha bg