हिरासतमा महिलामाथि भएको यातनाको छानविनगर्न समिति गठन, हत्या अभियोगमा श्रीमान र छोरा पक्राउ

    • कार्तिक १, २०७९
    • ५२० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १ कात्तिक। सिरहामा प्रहरीले अनुसन्धानका लागी ल्याइएका एकजना महिलालाई हिरासतमा चरम यातना दिएको विषयमा छानविन समिति गठन गरेको छ। घटनाको छानविन गर्न जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत हरिकिशोर चन्द्रवन्सिको नेतृत्वमा छानविन टोली गठन गरिएको हो।

    garden

    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा, नेपाल प्रहरी, शसस्त्र प्रहरी वल, राष्ट्रिय अनुसन्धानका एक–एक जना र नागरिक समाजबाट २ जना पर्यवेक्षक छानविन समितिमा रहने प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए। समितिले पाँच दिनभित्र सम्पूर्ण घटनाको छाविनगरी रिपोर्ट बुझाउने प्रमुख जिल्ला अधिकारी कवाडीले बताए।

    मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा उनकै बुहारी जिवछिदेदवी साहलाई प्रहरीले नियन्त्रणमालिई अमानविय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले हिजो सोमबार दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजाम सहित ईलाका प्रहरी घेराउगरी चर्काे नारा लगाएका थिए।

    स्थानीयको विरोध पछि बसेको जिल्लाका सवै सुरक्षा निकाय र स्थानीयविच भएको छलफलले समिति गठन गरेर छानविन गर्ने निर्णय गरेको हो।

    मिर्चैया प्रहरीले गुबदीदेवी साहको हत्या आरोपमा उनकै पति ७० वर्षीय मङ्गल साह र छोरा (जीवछीकी पति) ४० वर्षीय रामबाबू साहलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ। घटनाबारे थप अनुसन्धा भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन तिमलसीनाले बताए।

    घटना अनुसन्धानबाट पति र छोराले घरायसी विवादका कारण हत्या गरेको खुल्न आएकोले प्रहरीको भनाई रहेको छ।

    ab mall

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल