बर्दिवास, २९ असोज। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरेर महोत्तरीमा सत्ता गठबन्धनले निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ। सुरक्षाको हिसाबले महोत्तरीमा अति संवेदनशील मतदानस्थल १ सय ४३ रहेको छ। भारतसँग खुला सीमा जोडिएको यो जिल्ला अति संवेदनशील मानिन्छ।
गठवन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन परिचालन कमिटीको संयुक्त बैठकले संघिय र प्रदेश चुनाव परिचालन कमिटी प्रत्येक वडासम्म संयुक्त निर्माण गर्ने निर्णय गरेका छन्। साथै निर्वाचन प्रचारप्रसारको लागि प्रत्येक वडामा कार्यालय निर्माण गर्ने निर्णय समेत गरेका छन्।
नेपाली कांग्रेसका जिल्ला सभापति नागेश्वर यादवको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्णय गरेको हो। निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले यहाँ करिव एक हजार पाँच सय नेपाल प्रहरी र दुई हजार आठ सय म्यादी प्रहरी परिचालन गरेको छ भने थपस सशस्त्र प्रहरी र नेपालीलीसेना आवश्यकता अनुसार परिचालितहुने छन्।
महोत्तरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा रहेका छन्। यस जिल्लामा ३ लाख ९७ हजार ३० मतदाता रहेका छन्।