विराटनगर घुम्नगएका अंशुको साथीहरुबाटै हत्या

    • आश्विन २९, २०७९
    • १८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २९ असोज। साथीसँग विराटनगर घुम्न गएका सिरहा गोलबजारका किशोरको साथीहरुबाटै हत्या भएको छ। गत आईतबार साथीहरुसँग विराटनगर घुम्न गएका गोलबजार नपा ३ निपनियाँका १७ वर्षिय अंशुको शव विराटनगर बसपार्क नजिक रहेको न्यू अप्सरा गेष्ट हाउसमा फेला परेको हो।

    garden

    हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय राकेश ठाकुर, १८ वर्षीय विसु मण्डल र मोरङको रतुवामाई नगरपालिका ५ का २६ वर्षीय मनोज कार्कीलाई नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए।

    उनीहरुलाई परिवारले फिरौती बापत पठाएको रकम झिक्न बैंमा गएको बेला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
    मंगलवार अपरान्ह घरबाट साथीसँग विराटनगर घुम्न गएका अंशुका साथीले दोस्रोदिनदेखि नै उनका भिनाजु, आमा र गाउँका साथिउमेरकाहरुलाई मोवाईलमा फोन गरेर अंशुलाई अपहरणमा परेको र तुरुन्त फिरौती नदिए हत्या गरिदिने भन्दै फोन गर्न थालेका थिए।

    आफन्तकोमा फोन आएपनि अलमलमा रहेका परिवारजनले दोस्रो दिनमात्र २६ गते प्रहरीलाई जानकारी गराएका थिए। त्यतिबेलासम्म एकलाखबाट सुरुभएको बार्गेनिङ्ग १० हजारमा टुङ्गो लागेको थियो। सोही रकम अपहरणकारीले दिएको खातामा पठाएको थियो।

    २७ गते पैसा भठाएको भएपनि उनले झिक्न सकेन। २८ गते उनीहरु माछापुछ«े बैंको विराटनगर शाखामा पैसा झिक्न गएका बेला उनीहरु पक्राउ परेका थिए। पक्राउ परेर सोधखोज गर्दै जाँदा उनीहरुले अंशुको हत्या गरी होटलकै बक्स पलङभित्र राखेका थिए।

    अंशु सहितको योजनामा नै उनीहरुले परिवारसँग फिरौती मागेको प्रहरीको प्रारम्भिक अनुमानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ। हत्या गर्नुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    अंशुका बुवा सुनरदेव सदाय वैदेशिक रोजगारमा साउदिमा छन्। स्थानीय एक निजी विद्यालयका कक्षा ७ मा पढ्दै गरेका अंशुपनि केही समयदेखि कुलतमा लागेका कारण विसु मण्डलसँग सङ्गत बढेको बताइन्छ। म्ण्डल यस अघिपनि अंशुको घरमा आउने जानेगरेको गरेका थिए।

    अंशुको मृत्युको खवर आएसँगै घरमा रुवावासी चलेको छ। अंशुका ४ जना दिदी वहिनीका एकमात्र भाई थिए। उनको परिवारमा अझै रोदन रोकिएको छैन।

    ab mall

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल