लहान ,२७ असोज। संविधान र संघियता बचाउनकालागि बाक–लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरुलाई विजयी गराउन बक्ताहरुले आग्रह गरेका छन्। सिरहा क्षेत्र नम्वर १ का क्षेत्रीय अगुवा कार्यकर्ताभेलालाई सम्वोधनगर्दै नेताहरुले देशलाई सहिदिशामा अगाडी बढाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवाद र लोकतान्त्रिक समाजवादी पार्टी सहितको बाम–लोकतान्त्रिक गठवन्धनका उम्मेदवारलाई जिताउन निर्देशन दिएका हुन्।

WhatsApp Image 2022-10-12 at 6.30.08 PM - Copy

भेलामा सहभागी गठबन्धनका नेताहरुले नागरिकता विधेयकको सवालमा पनि जनता समाजवादी पार्टी र एमालेका नेताहरुसंग प्रश्न उठाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। उनीहरुले नागरिकताबाट बन्चित गराएर लाखौ मधेशीलाई जनतालाई अनागरिक बनाएको बताए। नागरिक्ता विधेयकको नाममा समाजवादी पार्टी र एमालेले पटक पटक धोखा दिदै आएको बताएका उनीहरुको आरोप रहेको छ।

सोही क्रममा नेताहरुले एमालेले दुई÷दुई पटक संसद विघटन गरेर नेपालको संविधानलाई खतरामा पारेको र नागरिकता विधेयक प्रमाण्ीाकरण नगरेर राष्ट्रपतिले पनि संविधान मिचेको नेताहरुको भनाई थियो। संविधानन र मधेश विरोधी पार्टीहरु कुर्सीको लोभमा नेकपा एमालेसँग साठगाठ गर्न पुगेको वक्ताहरुको आरोपछ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार पदमनारायण चौधरी, प्रदेशसभा ‘क’ का उम्मेदवार सुनिल महतो, प्रदेशसभा ‘ख’ का उम्मेदवार अशोक यादव र समानुपातिक उम्मेदवारहरुको सहभागीता रहेको थियो।

भेलामा गठवन्धन दलका नेताहरुको उपस्थिति रहेको थियो।

ab mall