काठमाडौं, २७ असोज। जनता समाजवादीबाट मन्त्री बनेका चारजना मन्त्री आज वर्खास्तीमा परेका छन्। राष्ट्रपति भण्डारीले जसपाका मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईन र वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई संविधानको धारा ७७ को उपधारा (२) को खण्ड ख बमोजिम पदमुक्त गरेको राष्ट्रपती कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विप्तीमा उल्लेख गरेको छ।

वर्खास्तीमा परेका चारवटै मन्त्रालय प्रधानमन्त्री सेरबहादुर देउवा आफैँले सम्हाल्नेछन्। त्यस्तै कानुन मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीलाई दिइएको छ। कानुनमन्त्री गोविन्द बन्दी समायवधि सकिएपछि राजीनामा दिएका थिए।

 

mantri barkhast ab mall