सशस्त्रका असईको हत्या संगठनभित्रैबाट : एसपी हेडक्वार्टर तानिए, जवान पक्राउ

    • आश्विन २७, २०७९
    • १२८ पटक पढिएको
    • गमक पाेस्ट

     

    काठमाडौं, २७ असोज। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्यामा संगठनभीत्रैका व्यक्तिको संलग्नता देखिएको छ।

    WhatsApp Image 2022-10-12 at 6.30.08 PM - Copy

    प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादवको हत्यामा संलग्नता देखिएको भन्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरेको छ।जवान खत्री पनि यादवसँगै त्यही बीओपीमा कार्यरत थिए। 
     

    बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव नेपाल-भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ असोज २० गते मृत फेला परेका थिए। 

    यस्तै घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ।

    हत्यामा सशस्त्र प्रहरी जवानले युवतीको प्रयोग गरेर हत्या गराएको प्रहरीको अनुमान छ।

    बोर्डरमा तस्करको समेत संलग्नता रहेको आशंकासहित प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    ab mall

    महोत्तरीका पत्रकार ग ...

    बर्दिवास, २३ बैशाख। महोत्तरीका वरिष्ट पत्रकार गोपालप्रस ...

    सखुवाको १२ थान चिरान ...

    सिरहा, २३ बैशाख। डिभिजन वन कार्यालय सिरहाले मिर्चैयाबाट ...

    निर्वाचनका कारण भारत ...

    सिरहा, २२ बैशाख। छिमेकी मुलुक भारतमा हुन गईरहेको लोकसभा ...

    प्रधानाध्यापक कार्यक ...

      सुरुचि भण्डारी बारा, २२ बैशाख। बाराको निजग ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल