बारामा एकै परिवारका तीन जनाको हत्या, श्रीमान प्रहरी नियन्त्रणमा

    • आश्विन २६, २०७९
    • १६७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, २६ असोज। बाराको प्रसौनी गाँउपालिका ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छोराछोरीको हत्या गरी फालिएको अवस्थमा शव भेटिएको छ। प्रस्टोका गाँउभन्दा करिब २ किलोमिटर टाढाको ढोरा खोला किनारमा बुधबार दिउँसो साढे २ बजेतिर प्रस्टोका टोलकै दीपेन्द्र चौधरीकी पत्नी २५ वर्षीया सुजता चौधरी, उनकी ३ वर्षीया छोरी ताहिरा चौधरी र १६ महिनाका छोरा राजवीर चौधरीको शव भेटिएको हो।

    333 (2)

    तीनै जनाको विभत्स तरिकाले हत्या गरी शव फालिएको अवस्थामा भेटिएको बाराका प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिए।

    घरमुली दीपेन्द्रले पत्नी सुजाता र दुई छोराछोरीको हत्या गरेको स्थानीयको आशंका छ। पत्नी र छोराछोरीको हत्या गरि फरार भएका दिपेन्द्रलाई प्रहरीले घाइते अवस्थामा फेला पारी उपचारका लागि अस्पतालमा भर्ना गरेको छ। पत्नी र छोराछोरीको हत्या गरी भाग्ने क्रममा दीपेन्द्र लडेर घाइते भएको हुनसक्ने आशंका छ। उनको प्रहरी निगरानीमा उपचार भइरहेको बोगटीले जानकारी दिए।

    बुधबार अपरान्ह घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक बोगटीले हत्या कसले र किन गरेको भन्ने विषयमा अझै एकीन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको बताए।

    ab mall

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल