जनकपुर, २६ असोज। धनुषा प्रहरीले जेष्ठ नागरिक हत्या अभियोगमा एक जनालाई क्राउ गरेको छ। जिल्लाको सहिदनगर नपा १ चिरैया का ६० वर्षीया अजोधी सहनी हत्या अभियोगमा स्थानीय ५० वर्षीय श्याम सुन्दर सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैंझगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका अजोधी सहनीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाए।