काठमाडौं, २५ असोज। निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक÷प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले आज विज्ञप्ती नै प्रकाशित गरेर कडा निर्देशन दिएको हो।

333 (2)

प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ।

release_TAzmFBsNMwab mall