सिरहा, २५ असोज। यहि मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिरहामा पार्टीभन्दा स्वतन्त्र उम्मेवारको वर्चस्व रहेको छ। चारवटा संघीय तथा आठवटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी परेको छ। जस मध्येय ११९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

333 (2)

यसले स्थानीयतहमा स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुले गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवाहरु बढेको आँकलन गरिएको छ। तर, स्वतन्त्र उम्मेदवारहरु पार्टीहरुले जनताको भावनामाथि खेलवाड गरेकाले आफूहरुले स्वतन्त्र उम्मेवारी दिएको दावी गर्छन्।

सिरहा क्षेत्र नम्वर २ बाट प्रतिनिधीसभामा स्वतन्त्र उम्मेवारी दिएका लेखक तथा पत्रकार रामरिझन यादवले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने भएकाले आफू स्वातन्त्र भएको बताए । उनलेभने, ‘एउटा कालखण्ड पार्टी राजनीतिमा विताएँ, त्यहि दलहरु अहिले भ्रष्टाचारमा लिप्तछन्, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न सम्भव नभएकाले म स्वतन्त्र भएँ ।’

सिरहा क्षेत्र नम्वर २ कै अर्का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य देव कुमार यादबले राजनिति दलबाट निवार्चित भएका नेताहरुले जनताको भावना विपरित दलिय दवावमा परि जनताको हितमा काम नगरेकोेले आफूले स्वतन्त्र उम्मेदवारी दिएको सुनाए। उनले भने, ‘दलिय जनप्रतिनिधिहरुले जनताको आधारभुत आवश्यक्तालाई पनि पुरा गर्न नसकेकोले स्वतन्त्र उम्मेदवारी दिएको छु। ऋाफ्नो चुनावि एजेन्डानै जनताको आधारभुत आवश्यतmा शिक्षा,कृषि,स्वास्थ्य,र सरफाइमा राखेकोले दलिय प्रवृती हैन स्वतन्त्रलाई रोजन मतदाहरुलाई आग्रह समेत गरे।’

दलितय व्यवस्थामा संस्थागत भ्रष्टाचार बढेकोे आरोप लागाउँदै भ्रष्टाचार र कुशासनको विरुद्ध आफुले उम्मेदवारी दिएको उनको भनाई छ।

प्रतिनिधीसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन्। जसम्भयेय ४८ जनाले स्वतन्त्र उम्मेवादरी दिएका छन्। प्रदेशसभाको ८ निर्वाचन क्षेत्रकालगि ११९ जनाले उम्मेदवारी दिएका छन्, भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतका कार्यालय सिरहाले जनाएको छ।
प्रतिनिधी र प्रदेशसभा गरी १२ क्षेत्रमा पार्टीकोभन्दा बढीले उमम्मेदवारी दिएका छन्। करिव ५४ प्रतिशतले स्वतन्त्र उम्मेवादरी दिएका छन्।
प्रतिनिधी सभाको लागि सिरहा क्षेत्र नम्वर १ बाट २३ जनाको उम्मेदवारी परेका छन्। जसमभ्येय १० जना स्वतन्त्र र १३ जना पार्टीका उम्मेदवार छन्। क्षेत्र नम्वर २ मा जम्मा २३ जनाको उम्मेवादरी पर्दा १५ जना स्वतन्त्र र ८ जनामात्र पार्टीबाट उम्मेवारी परेका छन्।

त्यसैगरी, सिरहा ३ बाट जम्मा २२ जनाको उम्मेवारी परेको छ। उम्मेदवारमध्ये १४ जनाले स्वतन्त्र र पार्टीका ८ उम्मेवार छन्। क्षेत्र नम्वर ४ बाट जम्मा १९ जना उम्मेदवारी दिएका छन्। जसमभ्ये स्वतन्त्र ९ र दलका १० जनाले उम्मेवादरी दिएका छन्।

प्रदेश सभा सदस्यकोलागि क्षेत्र नं. १ को ‘क’ बाट जम्मा १६ जना उम्मेदवारी पर्दा ६ जना स्वातन्त्र र १० पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवार जसमध्येय ६ जना स्वातन्त्र र ८ पार्टीका छन्।

क्षेत्र नं. २ को ‘क’ बाट जम्मा १५ जनाले उम्मेदवारी दिएका छन्। जसमध्येय ८ जना स्वातन्त्र र ७ पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १६ जनाको उम्मेदवारी पर्दा ९ जना स्वातन्त्र र ७ पार्टीका उम्मेदवार छन्।

क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यको ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिंदा १३ जना स्वातन्त्र र ५ पार्टीका उम्मेदवारी परेको छ। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवारी परेको छ। जसमध्येय ९ जना स्वातन्त्र र ५ पार्टीका छन्।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. ४ का ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिएका छन्। जसमध्येय १० जना स्वातन्त्र र ८ पार्टीका छन्। ‘ख’ मा जम्मा १८ जना उम्मेदवारी परेको छ। जसमध्येय ११ जना स्वातन्त्र र ७ पार्टीका छन्।

ab mall