सिरहा, २४ असोज। आसन्न प्रतिनिधी तथा प्रदेश निर्वाचनका लागि हिजो आईतबार भएको मनोनयन दर्ताका क्रममा दल तथा उम्मेदवारहरुले आचारसंहिता ठाडो उलङ्घन गरेको भन्दै लेखक तथा अभियन्ता रामरिझन यादवले नियन्त्रण तथा नियमनको माँग गरेका छन्। जिल्ला सदरमुकामस्थित पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले निर्वाचन आचारसंहिता विपरित दलहरुले बाजा–गाजा तथा झाँकीसहित उम्मेदवारी मनोनयमा गएको भन्दै आगामी दिनमा यसको नियमन र नियन्त्रण गनुपर्ने माँग गरेका हुन्।

333 (2)

पत्रकार सम्मेलनम यादवले निर्वाचन आयोग एने २०७९ को परिच्छेद ४ को दफा १३ (१) (ण) अनुसार निर्वाचनमा उम्मेदवारहरुले मनोनयनपत्र पेश गर्न जाँदा प्रस्तावक समर्थक सहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनिएपनि बाजागाजा र झाँकी सहित उम्मेदवारहरु गएको बताएको बताए।

यादवले जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिताको खुलम्मखुल्ला धज्जी उडाउँदापनि आयोगका पदाधिकारी, कर्मचार तथा प्रहरी प्रशान भने रमिते भएर बसेको आरोप लगाए।

यादवले हिजोको अवस्था देख्दा सिरहा जिल्लामा निर्वाचन आचारसंहिताको कुनै अर्थ नै नरहेको जिकिर गरे। उनले भने, ‘दलहरुले हिजो देखाएको रवैयाले आचारसंहिताको पालना गर्ने र गराउने दुवै उदासिनता देखियो।’

उनले भने, ‘निर्वाचन आचार संहिता त्यसै लगाएको होइन, दल तथा उम्मेदवारहरुले यसको पालना गर्नु पर्छ, त्यसको जिम्मेवार निकायको ध्यान जाओस्।’ साथै यादवले अवका दिनदेखि कुनै गाउँमा आचार संहिता उल्लङ्घन नहोस भन्ने सरोकारबालालाई सुझाव दिए।

सिरहा विकास मञ्चको आयोजनामा भएको पत्रकार सम्मेलन अघि मञ्चका पदाधिकारी सहितले जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका सह–संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई अनुगमनलाई प्रभावकारी बनाउनमाँग गर्दैै ज्ञापनपत्र बुझाएका थिए।

मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा यादवले सिरहा क्षेत्र नम्वर २ बाट प्रतिनीधिसभामा स्वातन्त्र उम्मेदवारी दिएका छन्।

सोही क्रममा उनले दलहरु भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा बसेर उनीहरुको विरोध गर्न नसकिने भएकाले आफू स्वातन्त्र भएको बताए। उनलेभने, ‘एउटा कालखण्ड पार्टी राजनीतिमा विताएँ, त्यहि दलहरु अहिले भ्रष्टाचारमा लिप्तछन्, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न सम्भव नभएकाले म स्वतन्त्र भएँ।’

ab mall