अवैध लागूऔषध सहित तीनजना पक्राउ

    • आश्विन २४, २०७९
    • २९३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २४ असोज। प्रहरीले फरक फरक स्थानबाट प्रतिवन्धित लागु औषध सहित तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लहानले लहान नगरपालिका ५ बलुवा टोलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट, फेनारगन १ एम्पुल, नुर्फिन १ एम्पुल र डाइजेल्याब १ एम्पुल सहित स्थानीया २४ वर्षीय छेदि पासमान र २६ वर्षीय इरफान खानलाई पक्राउ गरेको हो।

    333 (2)

    बलुवा टोलस्थित सडकमा उक्त लागूऔषध किनबेच गरीरहको अवस्थामा प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

    त्यसैगरी, सप्तरी प्रहरीले राजविराज नगरपालिका १३ विसहरीया नहरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याव्लेट र डाईलेक्स डिसि २० पिस सहित राजविराज नगरपालिका(११ झल्ली फर्सेट बस्ने ३९ वर्षीय धिरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।
    भारतबाट नेपालतर्फ आउदै गरेको मे.३ प २६५० नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट तितरीगाछीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाए।

    ab mall

     

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल