फाईल फोटो।

रौतहट, २३ असोज। नेकपा एमालेका नेता प्रभु साहले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। एमालेबाट टिकट पाए पनि सो क्षेत्रबाट पूर्वमन्त्री समेत रहेका साहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई पार्टीले मूल्यांकन नगरेको भन्दै असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

साह २०७४ को निर्वाचनमा पनि यसैक्षेत्रबाट एमाले माओवादी गठवन्धनबाट निर्वाचित भएका थिए।

yamaha bg