सिरहा, २३ असोज। सिरहा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधीसभाकालागि नेकपा एमाले तथा जनता समाजवादी पार्टीको संयुक्त उम्मेदवार लिलानाथ श्रेष्ठले मनोनय दर्ता गराएका छन्। प्रदेश तर्फभने ‘क’ मा जनता समाजवादीका नेतृ रेनु यादव र ‘ख’ बाट जसपा परित्याग गरी आजै एमाले प्रवेश गरेका मनोज सिंहले उम्मेदवारी दिएका छन्।
ठूलो संख्यामा पुगेका एमाले कार्यकर्ताको नारा जुलुस सहित पुगेका पूर्व मन्त्री समेत रहेका पार्टीका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज श्रेष्ठ र प्रदेशका उम्मेदवारहरुले संयुक्त रुपमा मनोनयन दर्ता गराएका हुन्।
श्रेष्ठ २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट नेकपा एमाले माओवादी गठवन्धनबाट प्रतिनिधीसभामा विजयी भएका थिए।