सिरहा, २३ असोज। सिरहा निर्वाचन क्षेत्र नं. ३ बाट सत्ता गठवन्धनका तीनै जना उम्मेदवारले संयुक्त रुपमा मनोनय दर्ता गराएका छन्। प्रतिनिधी सभामा नेकपा (माओवादी केन्द्र) नेता विश्वनाथ साह र प्रदेश ‘क’ बाट नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष तथा वहालवाला प्रदेश मन्त्री प्रमोद यादव र प्रदेश ‘ख’ बाट नेपली काग्रेसका रामसगुन यादवले मनोनय दर्ता गराएका हुन्।
नारा जुलुस सहित पुगेका सवै दतलका नेता कार्यकर्ता सहित उपस्थित भएर जिल्ला सदरमुकामस्थित सिरह नगरपालिका परिसरमा रहेका निर्वाचन कार्यालयमा उस्थित भई उम्मेद्वारी दर्ता गराएका हुन्।