सिरहा, २२ असोज। सिरहा क्षेत्र नं. २ बाट तीनजना उम्मेदवारले प्रदेश र प्रतिनिधीसभामा स्वतन्त्र सामुहिक उम्मेदवारी घोषणा गरेका छन्। प्रतिनिधीसभाका लागि सुखिपुर नपा २ विद्यानगरका २६ वर्षिय शिव यादवले उम्मेदवारी दिएका छन्। त्यसैगरी प्रदेशसभामा ‘क’ बाट जसपाका नेता तथा पूर्वमन्त्री राजलाल यादव र ‘ख’ बाट धनगढीमाई नपा ८ कसहाका २६ वर्षिय योगेश कुमार सिंहले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

333 (2)

उनीहरुले दलहरुले लामो समयदेखि पार्टी र पार्टीका नेताहरुले चुनाव जित्दै आए। अव हामी जनताले जितेको देख्न चाहन्छौं’ त्यसैले हामीले स्वतन्त्र उम्मेदवारी घोषणा हौं।

दलितय व्यवस्थामा संस्थागत भ्रष्टातार गरेको आरोप लागाउँदै भ्रष्टाचार र कुशासनको विरुद्ध आफूहरुको उम्मेदवारी रहेको बताए। उनीहरुले आफूहरुले पटक पटक किसान मजदुर, भ्रष्टाचार विरुद्ध, शिक्षा, स्वास्थ्यमा सुधारका विरुद्ध सडक आन्दोलन गरेपनि सरकारले नसुनेको हुँदा अव सदनमै गएर आवाज उठाउन उम्मेदवारी दिएको बताए।

प्रतिनिधी सभाका उम्मेदवार शिव यादवले आफूले पटक पटक उठाएको आवाज सरकारले नसुनेको भन्दै यो बाटो रोजेको सुनाए।

प्रदेश ‘क’ का उम्मेदवार पूर्व मन्त्री राजलाल यादवले पार्टीहरुले जनतालाई परिवर्तनको आभाष हुन नदिएको बताए। उनले मधेश आन्दोलनले जनतालाई एकखालको उत्साह दिएपनि पार्टीका नेताहरु सधैंसत्तास्वार्थमा लिप्त भएको आरोप लगाए।

प्रदेश ‘ख’ तर्फका उम्मेदवार सिंहले पार्टीहरुले युवाको सहभागीतालाई व्यवस्थापन गर्न नसकेको आरोप लगाए। उनले युवाहरुलाई झोले कार्यकर्ताको रुपमा प्रयोग गर्नमात्र खोजेको भन्दै अव युवाहरुले साहस गर्नुपर्ने बताए।

उनीहरुले युवाको जोस र वृद्ध नेताको होस सहितको स्वतन्त्र उम्मेदवारी दिएको बताए।

ab mall