सिरहा, २२ असोज। सिरहा क्षेत्र नम्वर ४ अन्तर्गत प्रदेश ‘क’ बाट प्रदेश शभाकालागि शक्ति कुमार वाईबाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ। दलहरुको स्वेच्छाचारीता र भ्रष्टाचारको विरुद्ध, सुशासनकोलागि आफूले उम्मेदवारी दिएको वाईवाले बताए।

‘नेपालका सवैदलहरुबाट जनता वाक्क दिक्क भएको छ। जनता दलिय वन्धनबाट मुक्ति चाहेको छ; भन्दै वाईवाले भने, ‘सवैखालको दलिय भ्रष्टाचारको विरुद्ध जनता उन्मुक्ति चाहन्छ, जनताको त्यहि चाहाना पुरागर्न मैले स्वतन्त्र उम्मेदवारी घिषणा हुँ।’

‘आफू कुनै दलको झोले, दास कार्यकर्ता बन्न नसक्ने भएर नै मैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हँु; यसमा सम्पूर्ण न्याय प्रेमी जनसमुदायको साथ सहयोग रहन्छ।

लामो समय विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका कार्यानुभव रहेको वाईवा पछिल्लो करिव पाँच वर्ष देखि नेकपा (माओवादी केन्द्र) को राजनीतिमा सक्रिय थिए। दलले भिजन भएका युवा तथा योग्य व्यक्तिको पहिचान गर्न नसकेको भन्दै गत स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारलाई साथ थिएका थिए। त्यसैको निरन्तरतामा आफ्नो उम्मेदवारी रहेको वाईवाको भनाई छ।

ab mall