फाईल फोटो।
काठमाडौं, २१ असोज। काठमाण्डौको चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको हो।
काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको मृत्ष्स भइको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।
पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले जानकारी दिए।