र्थिङ्ग सेन्टर बन्द हुँदा प्रसूति महिला र शिशुको ज्यान जोखिममा

    • आश्विन २०, २०७९
    • ५४१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, २० असोज। असोज १९ गते बुधबार दशैंको टीकाको दिन बिहान ९ बजे नै संजिरा साहलाई प्रसव वेदनाले छोप्यो। सुरक्षित प्रसूतिका लागि सासु अनोधैन साहले बुहारी संजिरा साहलाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ्ग सेन्टरमा पु¥याइन्।

    yash momo Ad i

    नातिनातिना पुस्ताको सुरक्षित आगमनका लागि सासुआमा अनोधैन व्यग्र थिइन्। तर दुर्भाग्य गोलबजारको बर्थिङ्ग सेन्टरको ढोका बन्द थियो। सेवाग्राही अनौधैनले बर्थिङ्ग सेन्टरको ढोका ढकढकाइन्। भित्रबाट ढोका खोलियो। तर ढोका खोल्ने सरसफाई कर्मचारीले भनिन् ‘सबै स्वस्थ्यकर्मी दशैं बिदामा छन्, म फोन गरेर बोलाउँछु; पर्खिनुस्।’

    बर्थिङ्ग सेन्टरमा कुरुवा बसेकी महिला सरसफाई कर्मचारीले तीन जना स्वास्थ्यकर्मीलाई पालोपालो फोन गरिन् तर प्रसूति सेवा दिने स्वास्थ्यकर्मी बर्थिङ्ग सेन्टरमा आउन कोही पनि तयार भएनन्। एउटाले अर्कोलाई बोलाउन भने, अर्कोले झन् अर्कोलाई बोलाउ भने। यता संजिरा साह प्रसव पीडाले छटपटाई रहेकी थिइन्। उनको आइयाआथ्थो चिच्याहटमा परिणत हुँदैथियो।

    सासु अनोधैन स्वास्थ्यकर्मी बोलाइदेउ भन्दै हारगुहर गरिरहेकी थिइन्। यो दारुण दृश्य देखेर सरसफाई गर्ने कर्मचारीले स्वास्थ्यकर्मीलाई पुनः एक पटक फोन गरिन्। संजिरा साहको अवस्था नाजुक हुँदै गएकोे बताइन्। तर उताबाट जवाफ आयो ‘बाहिर लैजान भन्देउ।’

    एक घण्टा समय व्यथित भएपछि अनोधैनले एम्बुलेन्स बोलाइन् र बुहारी संजिरालाई लहान अस्पतालतर्फ कुदाइन्। अनोधैन भन्छिन् ईश्वरलाई लाख लाख धन्यवाद, लहानका स्वास्थ्यकर्मीहरुको सहयोगमा मेरी बुहारीले सुरक्षित रुपमा बच्चा जन्माइन्। त्यहाँका स्वास्थ्यकर्मीहरुले ढिलो गरी ल्याएकोमा मलाई हप्काए पनि। अझै केहीबेर ढिलो भएको भए अनिष्ट हुन सक्थ्यो। अनोधैन साह भन्छिन् यस्ता स्वास्थ्यकर्मी राखेर तथा यस्तो बर्थिङ्ग सेन्टर सञ्चालन गरेर गोलबजार नगरपालिकाले जनताको आँखामा छारो हालेको छ। मातृ शिशुको ज्यानसँग खेलबाड गरेको छ। यो अक्षम्य अपराध हो।

    यसबारे गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्णसँग जिज्ञाशा राख्दा उनले भने, ‘बर्थिङ्ग सेन्टर बन्द हुनु र स्वास्थ्यकर्मी नहुनु गम्भीर लापर्वाही हो। दोषी कर्मचारी उपर दशैं बिदापछि कारवाही गरिने छ।’ प्रसव वेदना महिलाहरुको लागि एक विशेष अवस्था हो। आमालाई सुरक्षित राखेर शिशुको जन्म गराउन सकियो भने हर्षोल्लास हुन्छ। तलमाथि प¥यो भने परिवार, समाज र राज्यका लागि पनि असह्य पीडाको विषय बन्छ।

    मातृ शिशु मृत्यु दर घटाउन राज्यले पनि हरेक यत्न गरिरहेको छ। त्यसकारण प्रसूति गराउन स्वास्थ्य संस्थामै लैजानू भनेर जनचेतना फैलाइन्छ। तर, गोलबजार वर्थिङ्ग सेन्टरमा पुगेका आमाले त्यसको अनुभुति गर्न नसकेको गुनासो गरे।

    yamaha bg

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल