सिरहा, १९ असोज। जनता समाजवादी पार्टी (सजपा) नेपालका राजनीति समितिका सदस्य शत्रुधन प्रसाद सिंहले पार्टीबाट राजीनामा दिएका छन्। पार्टी पाँच दलिय गठबन्धनको नाममा मधेसी जनतको भावना विपरित अघि बढेको आरोप लगाउँदै सम्विधानसभासदस्य तथा पूर्व मन्त्रीसमेत रहेका सिंहले प्रेस बक्तव्य मार्फत साधारण सदस्य समत नरहनेगरी राजीनामाको घोषणा गरेका हुन्।309891253_433289275614354_3606949576873620406_n

सिंहद्वारा जारी विज्ञप्तीमा ‘पछिल्लो समय पाँच दलितय गठवन्धनको नाउमा पार्टीले मधेसी जनताको भावना विपरित मधेसको अस्तित्व नै धरापमा पार्ने गरी कार्यहरु गरेका हुनाले लामो संघर्षपछि वचाईराखेको पार्टीको आस्था र भावना विपरित कार्यकर्ताको मन मस्तिस्कमा पुर्याएको चोट सहन गर्न नसकै कारण आजकै दिनबाट साधारण सदस्य समेत नगरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्दछु।

yash momo Ad i

चुनाव घोषणा भएलगदै सिरहाको निर्वाचन क्षेत्र नम्वर २ बाट सिंहले उम्मेद्वारी घोषणा गरेपनि गठवन्धनमा नेपाली काँग्रेसको भागमा सो क्षेत्र परेको छ। आफु उठ्ने क्षेत्र पार्टीको भागमा नपरेपछि उनी निकटका नेता कार्यकर्ताले राजिनामा दिने शिलशिला चलेको छ।

चुनाव जसरी भएपनि लड्ने मुडमा रहेका सिंहको समूह नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने संकेत गरेको छ। एमालेले पनि सिरहा क्षेत्र नं. २ मा नामको मात्र उम्मेद्वारी घोषाणा गरेको राजनीतिक वृत्तमा चर्चा छ।

नेकपा एमाले प्रवेश गरेर चुनाव लड्ने सम्वन्धमा महतोसँग प्रतिकृया लिदा उनले आफू तत्कालै निर्णयमा पुगि नसेको बताए। उनले भने, ‘म स्वतन्त्र वा कुनै पार्टी प्रवेश गरेर चुनाव लड्ने, नलड्ने निर्णयमा पुगेको छुईन। आजै साथिहरुलाई छलफलको लागि बोलाएको छु। छलफलपछिमात्र निर्णयमा पुग्छौं।’ सिंहले भोली विहिवार सम्ममा हाम्रो निर्णय हुने बताए।

यस अघि सोमबार पार्टीका केन्द्रिय परिषद समितिका सदस्य रामचलित्तर साह, प्रदेश सदस्य मनोज सिंह, गोलबजार नगरपालिकाका नगर सहिचव ज्ञानकुमार सिंह सहितले पार्टीको साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका छन्।

गत स्थानीय तहको निर्वाचनमा गोलबजार नगरपालिकाको मेयरका उम्मेदवार रहेका थिए। राजीनामा दिएका सवै नेकपा एमाले प्रवेश गर्ने चर्चा छ। मनोज सिंहलाई पनि प्रदेश सभासदस्यको टिकट दिनेगरी एमाले भित्रिने चर्चाकै विच उनीहरुले जसपाबाट राजीनामा दिएका छन्।

305949994_2523127464496064_9117040603699049558_n 1