प्रहरी हुँ भन्दै ठगीगर्ने दुई युवक पक्रउ

    • आश्विन १७, २०७९
    • १७४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    उदयपुर,१७ असोज। उदयपुर प्रहरीले आफूलाई विशेष प्रहरी भएको बताउँदै पैसा ठगी गरिहेको अवस्थामा दुईजनाई पक्राउ गरेको छ। आपूहरु सिभिल (सादा पोसाकका) प्रहरी भएको भन्दै सर्वसाधारणसँग जवरजस्ती रकम ठगी गरेको अभियोगमा जिल्लाकै रौतामाई गाउँपालिका ७ मुर्कुर्चीका २३ वर्षीय दिलिप भनिने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटका ३३ वर्षीय सन्तोष चौधरीलाई पक्राउ गरेको हो।

    yash momo Ad i

    चौदण्डीगढी नगरपालिका ८ घर भई हाल त्रियुगा नगरपालिका १२ त्रिवेणी टोलमा बस्दैआएका राजबल राईलाई धम्की दिई जबरजस्ती नियन्त्रणमा लिएर निजहरुले ठगी गरेका भन्ने सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राकेशकुमार पोदारले बताए । स ३ प ९१५५ नम्बरको मोटरसाइकलमा सवार रहेका मगर र चौधरीले राईको साथबाट २० हजार नगद र मुक्तिनाथ विकास बैंकको ५० हजारको चेकमा जबरजस्ती हस्ताक्षर गराएर काट्न लगाएर रेडमी ८ मोडलको स्मार्ट मोबाइलसमेत लिएर गएको पीडितको भनाई उद्धृत गर्दै प्रहरीले बताए।

    आफू ठगीमा परेपछि राईले जिल्ला प्रहरी कार्यालय उदयपुरमा खबर गरेलगत्तै प्रहरीले खोजतलासको क्रममा निजहरुलाई रौतामाई गाउँपालिका ७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको प्रहरीले बताए।

    पक्राउ परेकाहरुको साथबाट ठगी गरेको मुक्तिनाथ विकास बैंकको चेक, मोबाइल र ठगीमा प्रयोग भएको स ३ प ९१५५ नम्बरको मोटरसाइकल तथा नगद दुई हजार रुपियाँ बरामद गरिएको सूचना अधिकृत पोदारले बताउनुभयो । जिल्ला अदालत उदयपुरबाट म्याद थपगरी निजहरुमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    Ila copy (1)

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल