अनुभव तथा ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न

    • आश्विन १७, २०७९
    • २४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, १७ असोज। हरवाह चरवाहको पुनःस्थापना र मुक्तिको लागि धेरै कामगर्नुपर्ने अवस्था रहेको दलित समाज उत्थान समिति नेपाल, धनुषाका कार्यक्रम संयोजक उमेश साहले बताएको छ। संस्थाले सिरहाको लहानमा आयोजना गरेको अनुभव तथा ज्ञान आदानप्रदान कार्यक्रममा संयोजक साहले सरकारले भर्खरैमात्र पूर्वीतराईका हरवा चरवाह मुक्तिको घोषणा गरेपनि पुनःस्थापना र मुक्तिको लागि काम गर्न बाँकी रहेको बताएका हुन्।

    305949994_2523127464496064_9117040603699049558_n

    साहले अन्तराष्ट्रिय स्रम संगठन (आईएलओ) सँगको साझेदारीमा सिरहा र सप्तरीको केही पालिकाहरुमा पाँच महिनाको अवधिमा रहेका कामहरुको मूल्याङ्कन र भावि दिनमा हरवा चरवाको सवालमा गर्नुपर्ने कामहरुका विषयमा पनि सल्लाह सुझाव माँगेका थिए।

    जिल्ला हरवा चरवाह मञ्चका अध्यक्ष शयामसुन्दर सदायको अध्यक्षतामा सम्पन्न कार्यक्रमा लहान र धनगढीमाई नगरपालिकाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। उनीहरुले गाउँमा रहेका हरवा चरहवाहरुलाई आधुनिक कृषिमा जोड्न सके उनिहरुको जीवन यापन सहज हुने बताए।

    कार्यक्रममा उपस्थित चलित्तर मण्डलले हरवा चरवाहरुलाई शिप विकाससँगै उनीहरुलाई आफ्नै वस्ने थातथलोको व्यवस्था गर्नुपर्ने माँग गरे। उनले भने, ‘हरवा चरवाहरुको अझै आफ्नै वस्ने थलोसम्म छैन, पहिला उनिहरुलाई बस्ने उचित बासको व्यवस्था हुनुपर्छ।’

    अर्का हरवा चर्वाका नेता राजवती मण्डलले अधिकारको लागि एक जुट भएर लाग्नुपर्ने बताए। उनले एउटै व्यक्तिको कुरा नसुन्ने भएकाले हामीले हाम्रो अधिकारको लागि एकजुट भएर जानुपर्ने बताए।

    पाँच महिनाको अवधिमा संस्थाले सिरहा र सप्तरीका ३१० जनालाई कृषि, विद्युत, मोटरसाइकल मर्मत जस्ता तालिम दिएका छन्। जसमध्ये १२५ जनालाई व्यसाय विकास तालिम दिएको जनाए।

    Ila copy (1)

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    छत्तिसगढ भिडन्तमा २९ ...

    छत्तीसगढ, ५ बैशाख। छत्तिसगढको कांकेर जिल्लामा सुरक्षा ब ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल