सिरहामा नक्कली नोटको विगविगी, पुनः ३१ थान हजारी सहित भारतीय युवक पक्राउ

    • आश्विन १७, २०७९
    • ५५० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १७ असोज। सिरहमा नक्कली नेपाली नोटसहित पुनः एकजना भारतीय युवक पक्राउ परेको छ। जिल्लाको नरहा गाउँपालिका ४ बाट एक हजार दरको ३१ थान नक्कली नेपाली नोट सहित भारत सितामरही भारसर चोक बस्ने २१ वर्षीय मो. रेजाउल्लाहलाई प्रहरीले पक्राउ गरेको हो।

    444

    नरहा ४ का रामकृपाल यादवले सञ्चालन गरेको किराना पसलमा चुरोट किन्न बाहानामा हजारको नोट दिएपछि शंक्का लागेर प्रहरीलाई खवर गरेका थिए। ईलाका प्रहरी कार्यालय नरहाबाट खटिएको प्रहरी तत्काल पुगि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी इन्सपेक्टर शंकर प्रसाद चौधरी नानकारी दिए।

    उनको साथमा रहेको नोट मध्येय २९ वटा एउटा नम्वरको र २ वटा एकैनम्वरभएको नक्कली नोट फेला परेको प्रहरीले जानकारी दिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    सिरहाकै कल्याणपुरबाट ११ बाट विहिवार एक हजार दरका ५ थान नक्कली नोट सहित स्थानीय जिवछ कामती पक्राउ परेका थिए।

    दशैंको प्रारम्भसँगै सिरहाका बैंकहरुमा नक्कली पाँच सय र हजार दरका नोटहरु भेटिने गरेको छ। बजारमा नक्कली नोटको विगविगी भएपनि नियामक निकायभने मौन देखिन्छ। पक्राउ परेका नोटहरु सवै सर्वसाधारणको सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ।

    Ila copy (1)

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल