झापा, १६ असोज। झापामा एक युवकको हतियार प्रहारबाट आमा र काकाको मृत्यु भएको छ। कमल गाउँपालिकाका २ सिमलडाँगी का २३ वर्षिय चन्द्रमाझीले शनिबार राति आफ्नै काका र आमामाथि धारीलो हतियार प्रकार गर्दा मृत्यु भएको हो।
माझीले सुतिरहेका ५० वर्षीय काका सन्तबहादुर माझीमाथि पहिला हतियार प्रहार गरेका थिए। प्रहरीका अनुसार त्यसपछि अर्को कोठामा सुतिरहेकी ५० वर्षीया आमा चन्द्रकला माझीमाथि हतियार प्रहार गरेका थिए। हतियार प्रहार गरी भाग्दै गर्दा चन्द्र माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।