सवैक्षेत्रमा पाँचवर्षमा नगरलाई नमुना बनाउछु : नगर प्रमुख चौधरी

    • आश्विन १५, २०७९
    • १४९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सप्तरी, १५ असोज। सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले शिक्षा, स्वास्थ्य र समाजका संवेदनशील वर्गको सुरक्षाको सवालमा नगरले आउने पॉच वर्षभित्र नमुना काम गर्ने दावी गरेकी छिन्। दशैं पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नगरप्रमूख चौधरीले नगरले शिक्षा, स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा नमुना काम गर्ने दावी गरेकी हुन्।

    444

    शिक्षाले मात्रै बेरोजगारी हटाउने तर्क गर्दै सवल नेपालले सम्मुनति कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा काम गर्दैआएको नगरप्रमुख चौधरीले जानकारी दिए। नगरभित्रका असहाय, ज्येष्ठनागरिकहरुका निम्ति विशेष कार्यक्रम बनाउने उनले बताए।

    वडामा ढलानभन्दा कालोपत्रे सडक तथा उपभोक्ता भन्दा टेण्डरमार्फत काम गराएर दीर्घकालिन र गुणस्तरीय काम गर्न गराउन सुरुङ्गा नगरपालिका वडा नम्बर ८ का विमलप्रसाद चौधरीले सुझाए। धाँती प्रहरी चौकीका इन्चार्ज असई राजकिशोर पटेलले चाडपर्वको वखत हुन सक्ने अवान्छित गतिविधिवारे प्रहरी समक्ष जानकारी दिन आग्रह गरे।

    जनकपुर चुरोट कारखानाका अवकाश प्राप्त प्रमुख नागेन्द्रप्रसाद चौधरीले विजया दशमीको मर्म नै दुराभावमाथि सत्य, न्याय र सुन्दर भावको जीत भएको बताए । समाजमा एकले अर्कोलाई दोषभन्दा आफ्नो ठाउँको जिम्मेवारी स्वयम निर्वाह गर्न सक्नुपर्छ उनले भने।

    दशै, दिपावली र छठको अवसरमा आयोजित कार्यक्रममा सुरुङ्गा नगरका प्रवक्ता शिवमणी पासवान, शिक्षिका सुनिता साह, पूर्व कर्मचारीहरु चन्द्रनारायण चौधरी, डम्बरनारायण साह, सावित्री देवी, पवनी चौधरी लगायतले शुभकामना मन्तव्य राखे।

    305949994_2523127464496064_9117040603699049558_n

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल