आयोगद्वारा निर्वाचन कार्यक्रम सार्वजनिक, २३–२६ मनोनयन दार्ता चुनाव चिह्न पनि २६ गते नै दिने

    • असोज १५, २०७९
    • १९० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १५ असोज। निर्वाचन आयोगले असोज २३ गतेदेखि २६ गतेसम्म मनोनयन दर्ता गर्ने र २६ गतेकै दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यक्रम तय गरेको छ। आयोगले दर्ता प्रकृया सकिएकै दिन सवै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह समेत प्रदान गर्ने बताएको हो।

    yash momo Ad i

    आयोगको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा असोज २३ गतेदेखि २६ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता सञ्चालन गर्ने र मनोनयन दर्ता असोज २३ गते र उम्मेदवारलाई निर्वाचन चिह्न असोज २६ गते प्रदान गर्ने कार्यक्रम रहेको छ।


    आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार हुनका लागि मनोनयन दर्ताको मितिसम्म २५ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै उम्मेदवारी दिन सक्ने जनाएको छ।

    यस्तै उम्मेदवार हुन इच्छुक व्यक्ति कुनै संघीय कानुनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने पनि जनाएको छ।

    मनोनयन पत्र दर्ताका लागि उम्मेदवार आफैं उपस्थित हुनुपर्ने वा निजका प्रतिनिधि, प्रस्तावक वा समर्थकले निर्वाचन अधिकृत समक्ष दर्ता गर्नुपर्ने छ।

    सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम भएका व्यक्ति उम्मेदवारको प्रस्तावक वा समर्थक हुन पाउने आयोगले व्यवस्था गरेको छ।

    त्यस्तै उम्मेदवार आफैं अरु कुनै उम्मेदवारको प्रस्ताव वा समर्थक बन्न नहुने आयोगले जनाएको छ।

    आयोगले मनोनयन पत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार र प्रदेशसभा सदस्यका लागि ५ हजार धरौटी जम्मा गर्नुपर्ने पनि बताएको छ।

    आयोगका अनुसार महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट दिइने छ।

    election-1_nQLXrzExvt election-2_zpRSsLrxGC election-3_L2Iho2Rguz 333

    के हो आइभिएफ, किन बढ ...

      काठमाडौं, १२ साउन।  सन् १९७८ जुला ...

    राजनीतिक आडमा वन अति ...

    आशिष विश्वकर्मा सिरहा, १२ साउन। राजनीतिक संरक्षणमा वषौ ...

    राजनीतिक परिवर्तनलाई ...

    काठमाडौं, ११ साउन। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपा ...

    नक्कली नोटसहित सर्ला ...

    रौतहट, ११ साउन। रौतहट प्रहरीले नेपाली हजारको नक्कली नोट ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल