सिरहा, १४ असोज । सिरहा प्रहरीले नक्कलनी नोट सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । कल्याणपुर नगरपालिका ११ बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

yash momo Ad i

बजारमा मोवाईलको रिचार्ज किनेर कामतिले दिएको हजार दरको नोट नक्कली जस्तो लागेर पसलेले अर्को नोट मागेपछि अर्को पनि त्यस्तै देखिएपछि प्रहरीलाई खवर गरेको थियो । खवर पाउनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको जनाएको छ ।

सो रकम स्थानीय एक सहकारीबाट कामतीले निकालेको प्रहरीलाई बताएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

बैदेशिक रोजगारबाट एक वर्ष पहिला घर फर्केका कामती घर–खेति गर्दै अएको छ ।

308283015_1331181533954729_4215610467379851896_n (1)