फाईल फोटो। 

जनकपुर, ८ असोज। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको बताएका छन् ।

yash momo Ad i

धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नो सरकारको पालामा भएको विकास देखेर हिजो प्रवेश निषेध गरेको तराई मधेशमा एमालेमा प्रवेशको लहर चलेको तर्क गरे।

‘हामीले काम मात्रै गर्‍यौं । हाम्रो काम देखेर तराई मधेशसहित पूर्व मेचीदेखि पश्चिम महाकालीस्म एमाले प्रवेशको लहर चलेको छ’ ओलीले भने।

मधेश आन्दोलनको बेला तराई मधेशमा एमालेमाथि भ्रम फिजाएर प्रवेश निषेध गरेको बताउँदै उनले मेचीकाली अभियान चलाउँदा सप्तरीमा राज्यपक्षले गोली चलाएर नागरिकको हत्या गराएको आरोप लगाए।

ओलीले भने ‘मेची काली अभियानको क्रममा राज्य पक्षले गोली चलायो । हाम्रै नागरिक मारियो भनेर दुख लाग्यो । त्यो कार्यक्रम रोकेँ । मधेश प्रवेश कार्यक्रम स्थगित गरेँ’ उनले भने।

ओलीले निर्वाचन पश्चात् एमालेको सरकार बने ५ वर्ष भित्र सुकुम्बासीको हरेक समस्या समस्या समाधान गर्ने बताए । उनले सो अविधिमै प्रत्येक गरिब विपन्नलाई सुविधा सम्पन्न घर पनि बनाएर वितरण गर्ने आश्वासन दिए।

अनलाईनखवरबाट।

ab mall