गोलबजार, ८ असोज। नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रिय महासचिव आरती लामाले आफूहरु आधिकारीक अनेरास्ववियु भएको जिकिर गरेकी छन्। उनले अखिल नेपाल राष्ट्रिय स्वतन्त्रि युनियन सिरहा जिल्लाको १८ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्दै आफूहरुसँग अखिलको ९८ प्रतिशित नेता कार्यकर्ता रहेकाले आफूहरु आधिकारी अखिल भएको दावी गरेकी हुन्।

yash momo Ad i

सम्वोधनको क्रममा महासचिव लामाले भनिन, ‘१७ औं सिरहा जिल्ला सम्मेलनको पनि ९८ प्रतिशत विद्यार्थीनेताहरु यहि छ भने भने भन्नुस अनेरास्ववियु कहाँ छ? यसैले पनि अनेरा स्ववियु यहाँ छ भन्ने देखाउँछ।’

मन्तव्य क्रममा महासचिव लामाले भनिन, ‘कसैले तपाईंहरुको माझामा अनेरा स्ववियु हामी हौं; भनेर भ्रम फिजाउँछ भने त्यो मिथ्या कुरा हो। २०२२ मा स्थापना भएको अखिल आज हामीसँग छ।’

उनले जनताको वलिदानबाट संघियता आईसक्दा पनि अझै त्यसको सहि कार्यान्वयन हुन नसकेको गुनासो गरीन्। उनले आवको दिनमा हामीले यसको सहि कार्यान्वय गराउनमा जोट दिनुपर्ने बताए।

नेकपा एसका जिल्ला अध्यक्ष प्रमोद यादवले यो सम्मेलनले सिरहाको शिक्षा क्षेत्रमा सुधारगर्न सक्ने नेतृत्व चयन गरोस भन्ने सुभकाना दिए। मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री समेत राहेका यादवले शिक्षाको सुधारसँगै समाजमा हुने सवैखालका अन्याय, अत्यार, विसंगतिको विरुद्ध लड्नसक्ने जुझारु विद्यार्थीको नेतृत्वले नै समाजमा परिवर्तन याल्याउन सक्ने भन्दै उनले त्यस्तो नृत्व चयन गर्न सुझाव दिए।

उद्घाटन कार्यक्रममा पार्टीका केन्दिय सदस्य रामदयाल महतो, सत्यनारायण यादव, उपाध्यक्ष उत्तरवहादुर जर्घामगर, जिल्ला सचिव योगेन्द्र प्रसाद सिंह, नेता तथा प्रदेश सभासदस्य अशोक यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

ab mall