महोत्तरी, ८ असोज। महोत्तरीमा घाँसकाट्न गएकी एक महिलाको रहस्यमय मृत्यु भएको छ। घरबाट शुक्रवार अपरान्ह घाँसकाठ्न हिडेकी जिल्लाको मटिहानी १ धिरापुरकी ४० वर्षिया अमना खातुन शरीरका अङ्गहरुबाट रगत वगिरेहेको अवस्थामा मृत फोला परेको हो।
उनको शव गाउँदेखि करिब एक किमी पूर्व बिगही खोलाको बाँसघारीमा फेला परेको जिल्ला प्रहरीले महात्तरीले जनाएको छ।
मृतकको शरीरको विभिन्न भागमा रगत देखिएकोले हत्या भएकोे हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी डिएसपी चन्देश्वर यादवका अनुसार शुक्रबार घाँसकाट्न निस्केका उनको शव रातको अवेरमात्र फेला परेकोले घटनाबारे अनुसन्धान भईरहेको बताए।
शुक्रवार अपरान्हतिर घरबाट घाँस काट्न गएकी अमना बेलुका अवेरसम्म घर नफर्केपछि परिवारजनले प्रहरीलाई खवर गरेका थिए। घटनाका जानकारीपछि प्रहरीले खोजी कार्यसुरु गरेको बताइएको छ।
उहाँको श्रीमान मो. अनसारुल अन्सारी रोजगारीका लागि केही समयदेखि परदेशमा छन्।