प्रेस कार्ड झुण्ड्याएका दुई युवक लागुऔषध सहित प्रहरी नियन्त्रणमा

    • आश्विन ७, २०७९
    • २९५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ७ असोज। सिराहा प्रहरीले प्रेकार्ड झुण्ड्याएका दुई युवकलाई लागु ओषध सहित नियन्त्रणमा लिएको छ। जिल्लाको दक्षिणी सीमावर्ती माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले सिरिहा नपा १४ नेमचन्द चौकबाट उदयपुरको कटारी नगरपालिका २ कल्याणपुर घर भएका ३५ वर्षीय सुरेशकुमार धमला र ओखलढुंगाको चम्पादेवी गाउँपालिका ७ फूलबारी घर भई हाल धमलाकै गाउँमा बस्दै आएका ३५ वर्षीय ईश्वर खत्रीलाई प्रतिवन्धित लागुऔषधसहित पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारततिरबाट स. ९ प ५१० नम्बरको मोटरसाइकल चढेर आएका दुईजनालाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएपछि तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। उनको प्रेस कार्ड नक्कली वा सक्कली के हो भन्नेबारेमा नखुलेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।

    ab mall

    भारतीय सीमासँग जोडिए ...

    सिरहा, ४ जेठ । भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार ...

    कोशीमा नवनियुक्त मन् ...

      विराटनगर, ४ जेठ।  कोशी प्रदेशमा नवनियु ...

    बाटोविराएका कार्यकर् ...

    काठमाडौं, ४ जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उ ...

    आरक्षणको संघर्ष र षड ...

      जेबी विश्वकर्मा   नेपालमा आरक् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल