मुसहर बस्ती निर्माणका लागि सम्झौता 

    • आश्विन ६, २०७९
    • ४२६ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    मणिलाल विश्वकर्मा

    लहान, ६ असोज। सिराहाको लहान नगरपालिका– १५ मेनहर्वा गाउँका ३८ मुसहर परिवारका लागि घर निर्माण हुने भएको छ। नगरपालिका, ह्याविट्याट फर हुम्यानिटी र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा स्थानीय विपन्न मुसहरहरूको घर निर्माण गर्न लागिएको हो।

    yash momo Ad i

    घर निर्माणका लागि नगरको तर्फबाट मेयर महेशप्रसाद चौधरीले बुधबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरे। नगरले चालू आर्थिक वर्ष ०७९-८० मा नगर क्षेत्रका गरिब, विपन्न, असहायको घर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरेको छ। ‘साझेदारीअन्तर्गत नपुग रकम सोही बजेटबाट थप गरिनेछ,’ मेयर चौधरीले भने।

    सम्झौताअनुसार हिल्टी फाउन्डेसनको आर्थिक सहयोगमा ह्याविट्याट फर हुम्यानिटीले  केन्द्रमार्फत दुई कोठा, शौचालय, भान्सासहितको निर्मलीकरण गरिएको बाँस, फलामे छड, सिमेन्ट, इँटाको घर निर्माण गर्ने निवर्तमान अध्यक्ष दीपेशकुमार चौधरीले जानकारी दिए। उनका अनुसार आगामी ४ मंसिरमा हुने निर्वाचनलगत्तै घर निर्माण थालेर चालू आवको असार मसान्तसम्म स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरिनेछ।

    ‘प्रतिपरिवारलाई सात धुर जग्गामा स्टिमेटअनुसारको घर निर्माण गर्छौं,’ उनले भने, ‘घरको नक्सा नगरपालिका, केन्द्र र ह्याविट्याटसम्बद्ध प्राविधिकले बनाउनेछन्।’

    नयाँपत्रिकाबाट।

    ab mall

    मुक्त हरवाचरवालाई उद ...

    जनकपुरधाम, ८ वैशाख। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि त ...

    फिल्म ‘पूजार सार्की’ ...

    काठमाडौं, ८ बैशाख। दिनेश राउतको निर्देशनमा बने ...

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल