वीरगञ्जमा चिडियाखानाको शिलान्यास ५० हेक्टर जग्गामा १ अर्ब १ करोड ७ लाख रुपैयाको चिडियाखाना बन्दै

    • आश्विन ६, २०७९
    • २४५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ६ असोज। वन तथा वातावरण मन्त्री प्रदीप यादवले सातै वटा प्रदेशमा एक÷एक वटा चिडियाखाना निर्माण गर्ने उद्घोष गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ रामवनमा पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले आफु पर्साबासी भएपनि देशकै मन्त्री भएको हुँदा सबै प्रदेशमा चिडियाखाना बनाउने बताएका हुन्।

    silaynas

    नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले निर्माण गर्न लागेको पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कार्यक्रममा मन्त्री यादवले आफ्नो वर्षाै पूरानो परिकल्पनाले साकार रुप लिएकोमा खुशी व्यक्त गरे। उनी सम्झिन्छन्, ‘धेरै वर्ष पहिले काठमाण्डौ गएको बेला चिडियाखाना हेर्नका लागि टिकट काटेर लाइन लाग्दा हाम्रो वीरगञ्जमा पनि भइदिए हुन्थ्यो भन्ने कल्पना गरेको थिए । तर आज आफ्नै पहलमा आफैले शिलान्यास गर्न पाउँदा आफुलाई भाग्यमानी महसुस गरीरहेको छु।’

    वीरगञ्जमा पर्यटकका लागि आकर्षि गर्न सक्ने गन्तव्यको अभाव महसुस गर्दै देशकै नमुना चिडियाखानाको रुपमा स्थापना गर्ने योजनाले मुर्त रुप पाएको मन्त्री यादवले बताए। अब वीरगञ्जमा आउने पर्यटकलाई अँझै धेरै दिनसम्म राख्नका लागि प्राणी उद्यान कोशेढुङ्गा सावित हुनुका साथै यसले यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने मन्त्री यादवको बिश्वास छ।

    yash momo Ad i

    मन्त्रालयको जिम्मेवारी पाउने बित्तिकै आफुले विज्ञको टोली गठन गरेर अध्ययन एवम् सर्वेक्षणपछि प्रतिवेदन तयार पारेको स्मरण गर्दै अर्थ मन्त्रालयबाट बजेट बिनियोजन गराएपछि मात्रै शिलान्यास गर्ने अवस्था आएको उनले जानकारी गराए।

    सोही अवसरमा मन्त्री यादवले भाठादेखि ठोरीसम्म केबलकार जडान गर्ने कामको सर्वेक्षण पनि अन्तिम चरणमा रहेको जानकारी दिए। वीरगञ्ज आउने पर्यटकलाई रामवनको चिडियाखाना घुमाउँदै केबलकारमार्फत भाठाधाम देखि ठोरीसम्म पु¥याएर पर्सा राष्ट्रिय निकुञ्ज घुमाउने गरी बसाल्ने तयारी रहेको उनले बताए।

    सरकार र निजी साझेदारीको सहकार्यमा केबुलकार बनेपछि त्यसले पनि पर्यटकलाई आकर्षित गर्ने र पर्यटन व्यवसायको विकास हुने मन्त्री यादवको दावी छ।

    पिछडिएका बारा र पर्सा जिल्लाको चौतर्फी विकासका लागि सबैको सहकार्य र हातेमालोको आवश्यक्ता औँल्याउँदै उनले चिडियाखानाको सपनालाई साकार पार्न जग्गा दान गर्ने जग्गादातादेखि वन मन्त्रालयका कर्मचारी, अर्थमन्त्री, मधेश प्रदेश सरकार, वीरगञ्ज महानगरपालिकाका लगायतप्रति आभार प्रकट गरेका छन्।

    सबैया साझेदारी वनको ५० हेक्टर (७५ बिघा) क्षेत्रफलमा १ अर्ब १ करोड ७ लाख रुपैयाको लागतमा चिडियाखाना निर्माण हुन लागेको हो । भदौ २७ मा बसेको मन्त्रिपरिषद्को बैठकले चिडियाखाना निर्माणका लागि अनुमति दिएपछि बिहीबार त्यसको शिलान्याश गरिएको हो।

    शिलान्याश भएसंगै चिडियाखाना निर्माणको काम औपचारिक रुपमा शुरु भएको वन तथा भूसंरक्षण विभागका महानिर्देशक दिपेशमणी त्रिपाठीले बताए । यो चिडियाखानामा वन्यजन्तु उद्धार केन्द्र र वन्यजन्तु अस्पताल पनि निर्माण गरिने उनले जानकारी दिए।

    चिडियाखानाको निर्माण तीन चरणमा पुरा हुने भन्दै उनले भने, ‘पहिलो संरचना निर्माणको काम हुन्छ, दोस्रो यसमा राखिने जीवजन्तुको जोहो गरिन्छ र तेश्रो भनेको यहाँ पर्यटन विकासको काम गर्नुपर्छ।’

    वीरगञ्जमा बन्न लागेको चिडियाखाना ओपेन जु (प्राकृतिक चिडियाखाना) रहेको उनले बताए। त्रिपाठीले भने, ‘यो ओपेन जु हो, यसमा वन्यजन्तुहरु पिजडा वा खोरमा बन्दी हुैदनन्, खुल्ला रहन्छन्, पर्यटकहरु भने बन्द गाडी भित्र बसेर चिडियाखाना भित्र घुम्छन्।’ यो चिडियाखानामा नेपालको हिमाल, पहाड र तराइमा पाइने सबै प्रकारका वन्यजन्तुका साथै समुन्द्री जीवजन्तुहरु पनि राख्ने परिकल्पना गरेको उनले बताए।

    पर्सा प्राणी उद्यान (चिडियाखाना) शिलान्यास कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल, मधेश प्रदेशका प्रदेश सभा सदस्यत्रय जन्नत अन्सारी, करिमा बेगम, भिमा यादव, जितपुर सिमरा उपमहानगरपालिका प्रमुख राजन केसी, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण बिष्ट, बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो।

    ab mall

     

    रौतहटको करुनियामा आग ...

    रौतहट, ११ बैशाख। रौतहटको देवाहि गोनाही १ करुनियामा मंगल ...

    विङ्गरको ठक्करबाट मो ...

    सिरहा, ११ बैशाख। सिरहामा विङ्गरको ठक्करबाट मोटरसाइकलमा ...

    बन्दिपुरबाट लागुऔषधस ...

    सिरहा, ११ बैशाख। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ...

    सिरहा यातायातमा १५ द ...

    आशिष विश्वकर्मा सिरहा, १० बैशाख। यातायात व्यवस्था कार् ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल