गाउँपालिकाले विपद् सूचना व्यवस्थापन पोर्टल संचालन गर्दै

    • आश्विन ६, २०७९
    • २९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बाँके, ६ असोज। बाँकेको नरैनापुर गाँउपालिकाले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागु गर्ने भएको छ। नरैनापुर गाँउपालिकामा सेभ द चिल्ड्रेनको सहयोगमा एसडिएफले बुधबार आयोजना गरेको पोर्टल स्थानीयकरण सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टल मार्फत विपद्को सूचना प्रहवाह गर्ने बताएको हो।

    untitled-1-copy 1

    उनले विपतकावेल ागर्ने तयारी, प्रतिक्रिया, सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकोले उक्त पोर्टल संचालनका लागि गाँउपालिकाले भूमिका खेल्ने बताए।

    आई.एच.आर.आर का टिम लिडर सुरज गौतमले पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार गर्ने बताए। उनले विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न समुचित निर्णय लिन र नीति बनाउन समेत मद्दत पु¥याउने बताबताए। पोर्टल संचालनका लागि आफूहरुले प्राविधिक सहयोग गर्ने गौतमले प्रतिबद्धता व्यक्त समेत गरे।

    पार्टल संचालनमा ल्याउनका लागि एसडिएफलाई प्राविधिक सहयोग गर्दै आएको नक्साका सुमिता मान्नधरले जानकारी दिए।
    कार्यक्रममा नरैनापुर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका सङ्घ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्कले गाँउपालिकाको रणनीति योजना बनाउन सहज हुने आशा व्यक्त गरे। एनले पोर्टल संचालनमा आइसके पछि सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

    ab mall

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल