सिरहा, ५ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माँगगर्दै सिरहाको विभिन्न ठाउँमा दलका भातृ संगठनहरुले पुत्लादहन तथा प्रदर्शन भएका छन्। राष्ट्रसित भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा), नजमत पार्टीका भातृसंगठनहरुले पुत्लादहन तथा प्रदर्शन गरेका हुन्।

प्रतिनिधी सभा र राष्ट्रियसभाबाट दुई दुई पटक पासभएर गएका नागरिक्ता विधेयक प्रमाणि करण नगरेर राष्ट्रपति भण्डारीले संविधानको ठाडो खिल्लि उठाएको आरोप लगाउँदै विरोध गरेका हुन्।

दलका प्रतिनिधीहरुले जिल्लाको लहान, सिरहा, गोलबजार, चोहर्वा, कसहा, औरही, मिर्चैया लगायतका स्थानमा विरोध प्रदर्शन गरेका छन्।

जनमत पार्टीका कार्यकर्ताहरुले आज विहानै धनगढीमाई नपा ८ कसहाचौकमा टायर बालेर प्रदर्शन गर्दै एक भण्टाभन्दा बढी सडक जाम गरेका थिए।

ab mall